Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

त्रिवि ललितकला विभागमा तालाबन्दी

\"lalitkala-750\"काठमाडौं ५, मंसिर । नेपालमा ललितकला शिक्षाको केन्द्रका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागमा अहिले तालाबन्दी गरिएको छ । स्नातकोत्तर तहको पहिलो र दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीले विभिन्न माग राख्दै आन्दोलन गरेका हुन् । उनीहरुले त्रिविललितकला केन्द्रीय विभागमा केही महिनादेखि बिभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । तालाबन्दीदेखि सडकमा कला कार्यशाला, कला प्रदर्शनी तथा कलाका विभिन्न गतिविधि गर्दै विरोधका कार्यक्रम गरिरहेका छन् । उनीहरुले अत्याधिक शुल्कबृद्धि, परीक्षाको म्याद नाघेको महिनौ भैइसक्दा पनि परीक्षा बारम्बार स्थगन हुनु, ललितकला केन्द्रीय विभागप्रति विभागीय प्रमुखको उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहारले नेपाली ललितकला क्षेत्रको विकासमा अवरोध भएको माग राख्दै विभागमा तालाबन्दी गरेको आन्दोलनरत् विद्यार्थी हरिओम मेहत्ताले बताए । ललितकला विभागका साथै त्रिविले विद्यार्थीको भविष्यप्रति खेलवाड गरेको जनाउँदै आन्दोलन गर्नुपरेको मेहत्ताले जनाए । साथै आन्दोलनरत् विद्यार्थीलेत्रिविले ललितकला शिक्षाप्रति अन्यायपुर्ण व्यवहार गरेका कारण नेपालको शिक्षा प्रणालीभित्र ललितकला शिक्षाको विकास हुन नसकेको जनाएका छन् । उनीहरुले चारदिने कार्यक्रम सार्वजनिक गर्दै सिर्जनात्मक ढंगले ललितकला केन्द्रीय विभाग अगाडि विरोधका कार्यक्रम गरेका छन् । ५ मंसिरमा प्रयोगात्मक परीक्षाका लागि तयार पारिएका चित्र तथा मूर्ति प्रदर्शन तथा सडकलेखन, ६ गते चित्र प्रदर्शन, सडकलेखन तथा धर्ना, ७ गते चित्र प्रदर्शन तथा भावभङगी नाटिका प्रस्तुत र अन्तिम दिन डीन कार्यालयमा धर्ना तथा १ घण्टा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending