Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

त्रिवि ललितकला विभागमा तालाबन्दी

\"lalitkala-750\"काठमाडौं ५, मंसिर । नेपालमा ललितकला शिक्षाको केन्द्रका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागमा अहिले तालाबन्दी गरिएको छ । स्नातकोत्तर तहको पहिलो र दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीले विभिन्न माग राख्दै आन्दोलन गरेका हुन् । उनीहरुले त्रिविललितकला केन्द्रीय विभागमा केही महिनादेखि बिभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । तालाबन्दीदेखि सडकमा कला कार्यशाला, कला प्रदर्शनी तथा कलाका विभिन्न गतिविधि गर्दै विरोधका कार्यक्रम गरिरहेका छन् । उनीहरुले अत्याधिक शुल्कबृद्धि, परीक्षाको म्याद नाघेको महिनौ भैइसक्दा पनि परीक्षा बारम्बार स्थगन हुनु, ललितकला केन्द्रीय विभागप्रति विभागीय प्रमुखको उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहारले नेपाली ललितकला क्षेत्रको विकासमा अवरोध भएको माग राख्दै विभागमा तालाबन्दी गरेको आन्दोलनरत् विद्यार्थी हरिओम मेहत्ताले बताए । ललितकला विभागका साथै त्रिविले विद्यार्थीको भविष्यप्रति खेलवाड गरेको जनाउँदै आन्दोलन गर्नुपरेको मेहत्ताले जनाए । साथै आन्दोलनरत् विद्यार्थीलेत्रिविले ललितकला शिक्षाप्रति अन्यायपुर्ण व्यवहार गरेका कारण नेपालको शिक्षा प्रणालीभित्र ललितकला शिक्षाको विकास हुन नसकेको जनाएका छन् । उनीहरुले चारदिने कार्यक्रम सार्वजनिक गर्दै सिर्जनात्मक ढंगले ललितकला केन्द्रीय विभाग अगाडि विरोधका कार्यक्रम गरेका छन् । ५ मंसिरमा प्रयोगात्मक परीक्षाका लागि तयार पारिएका चित्र तथा मूर्ति प्रदर्शन तथा सडकलेखन, ६ गते चित्र प्रदर्शन, सडकलेखन तथा धर्ना, ७ गते चित्र प्रदर्शन तथा भावभङगी नाटिका प्रस्तुत र अन्तिम दिन डीन कार्यालयमा धर्ना तथा १ घण्टा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending