Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मुलुकलाई अप्ठ्यारोमा धकेल्दै एमाले, संविधान कार्यान्वयन नहुने खतरा

\"oli\"काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डसँग आफ्नो नेतृत्वको सरकार ढालेको बदला लिईरहेको एमालेको संविधान र मधेसी मोर्चाको मागप्रतिको उदाशिनताका कारण मुलुक गंभिर संकटमा फस्दै गईरहेको छ । संविधान कार्यान्वयनको समयसिमा घर्किरहँदा प्रतिपक्षी एमाले कार्यान्वयनप्रति पुरै उदाशिन मात्रै छैन संविधान कार्यान्वयन हुनै नदिने हठमा समेत देखिन्छ । सत्य र साँचो के हो भने संविधान कार्यान्वयनका लागी  स्थानिय निकाय, प्रदेश तथा केन्द्रीय सभाको चुनाव भइसक्नुपर्नेछ । चुनाव नभएको स्थितिमा संविधान कार्यान्वयन हुन सक्दैन र नयाँ संविधान कोल्याप्स हुने अवस्थामा पुग्छ। माथी उल्लेखित निकायको चुनावका लागी देशको आधा जनसंख्या ओगटेको मधेस र मधेसीमोर्चाका सिमाकंन, जनसंख्याको आधारमा सभाहरुमा प्रतिनिधित्व लगायतका केही जाहेज मागहरुलाई संविधान संशोधनमार्फत सम्बोधन नगरी सम्भव छैन । महेन्द्रिय राष्ट्रवादको रौनकमा मख्ख एमाले मधेसीहरुको मागको सम्बोधनमा गभिर बन्नु त परै जाओस् मधेसीहरुलाई इरिटेड बनाउने काममा लागेको देखिन्छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नै मधेसीमोर्चाको मागलाई छिमेकी मुलुक भारतको इच्छा भएको गैरजिम्मेवार अभिव्यक्ति दिदैँ हिडेका भेटिन्छन् । पछिल्लो समय महाअभियोग, संविधान संशोधन र चुनावलाई प्याकेजमा सहमति बनाउने दौडधुपमा लागेका प्रधानमन्त्री प्रचण्ड समेत एमालेसँग हैरान देखिन्छन् । प्रचण्डले आफ्नाहरुसँग भन्न थालेका छन्–‘दुनियाँमा सबैसँग एक किसिमको विश्वास गर्न सकिन्छ तर एमालेसँग नसकिने भइयो । कुरा गर्दा गम्भिरजस्तो तर बाहिर दुस्प्रचार गर्न माहिर’ । हुनपनि एमाले मधेसीहरुलाई नेपाली नै होइनन् भने झै गरेर प्रस्तुत भईरहने रबैया निरन्तर अपनाईरहेको छ । के संविधान कार्यान्वयनमा प्रतिपक्षी एमाले गंभिर र जिम्मेवार बन्न पर्दैन ? संविधान कोल्याप्स हुने अवस्थामा हालको सरकारमात्रै असफल हुन्छ कि मुलुक र आजसम्म भएका आन्दोलनहरुको उपलब्धी पनि ? के एमालेले यस विषयमा सोच्न पर्दैन ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending