Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

‘देश खोज्दै जाँदा’का आङदेम्बे अष्ट्रेलियाबाट फर्किए

\"prakash-750\"काठमाडौं, १ मंसिर । बेग्लै परिचय बनाएका प्रकाश आङदेम्बे कवि, रुवाइयातकार, सिनेमा निर्देशक हुन् । झापाको दमकमा छँदा भुटानी शरणर्थी शिविरमा आफन्तहरुसँग आङदेम्बेले थुप्रै क्षणहरु साटेका छन्, संवेदना, खुसी साटेका छन् । अहिले आङदेम्बे काठमाडौं सरेका छन् भने शरणार्थीहरु शिविरमा रहेका उनका हितैसी साथी र आफन्तहरु विभिन्न देश पुगिसकेका छन् । तिनै आफन्त र साथीभाईसँग लामो समयपछि अष्ट्रेलियामा आङदेम्बेको भेट भयो । उनी त्यहाँ विभिन्न साहित्यिक कार्यक्रममा सहभागी पनि भए । प्रदर्शनमा आउन लागेको सिनेमा ‘देश खोज्दै जाँदा’का निर्देशक आङदेम्बे अष्ट्रेलियामा एक महिना रहँदा ‘देश खोज्दै जाँदा’माथि अष्ट्रेलियन भुट्निज सोसाइटी नर्दन तास्मानियाको आयोजनामा अन्र्तक्रिया कार्यक्रममा सहभागी भए भने एकल रचना वाचन गर्नुका साथै उनी अभिनन्दित भएका थिए । ब्लु स्काई टासी प्रोडक्शनको आयोजनामा समेत एकल रचना बाचन गरेका थिए । त्यहाँको स्थानीय पर्यटकीय स्थल, अन्टारर्टिक समुन्द्र, क्यानभेराको पार्लियामेन्टको नेस्नलयुनिभर्सिटी, सेन्ट्रल म्युजियम, त्यहाँको आर्ट ग्यालरी, बोटानिकल गार्डेन, युनिभर्सिटी, एडलिडको संग्रहालय, आर्ट ग्यालरी, सिटी र केही स्कूलहरुको अवलोक भ्रमण समेत गरेका थिए । त्यसैगरी भमणका क्रममा उनले त्यहाँका कलाकारहरुसँग भेटधाट गर्नुका साथै ‘अष्ट्रेलियामा नेपाली साहित्य र संस्कृति, समस्या र संभावना’ विषयक विचार गोष्ठीमा प्रमुख वक्ताका रुपमा सहभागी बनेका थिए । स्थानीय भुट्निज नेपालीहरुसँग अनौपचारिक साहित्यिक जमघट गरेका आङदेम्बले तिहारसमेत उतै मनाएका थिए । उनी त्यहाँ सामुहिक देउसी भैलो कार्यक्रममा पनि सहभागी बनेका थिए । भ्रमणका क्रममा उनले त्यहाँ थुप्रै स्थानमा चलचित्र देश खोज्दै जाँदाको प्रर्दशन समेत गर्न भ्याएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आयोजित विशेष साहित्यिक गोष्ठीमा सहभागी उनले त्यहाँ थुप्रै सम्मान र अभिनन्दन ग्रहण गरेका थिए । नेपाल आएपछि आङदेम्बेले भने, ‘आफन्तहरुसँग धेरै पछि भेट भयो । भेटिँदा धेरै खुशी हुने थिए । छुटिंदा भक्कानिएर रुने पनि उत्तीकै थिए । समय छोटो थियो । भेटिँदाको उत्साह र छुटिँदाको वियोग ले साह्रै गाह्रो बनायो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending