Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

बालुवाटारमा नायकको चर्चा

\"ajay-shankar-nayak-750\"काठमाडौं, २३ कात्तिक । माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट हात झिकेर आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा कांग्रेसको समर्थनमा सरकार गठन गर्नुको एउटै कारण थियो, ‘शान्तिप्रक्रियाका बाँकी कामलाई पूर्णता दिने ।’ आजको जनप्रहार साप्ताहिकमा खबर छ–यसका अलावा सहायक कारण थियो, ‘संविधान कार्यान्वयन’। यी दुवै महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने चुनौती थियो, कानुन न्याय तथा संसदीय मामला मन्त्रालयलाई । आफ्नो पार्टीको मुख्य प्राथमिकता शान्तिप्रक्रियाका बाँकी कामलाई पूर्णता दिने र संविधानको कार्यान्वयन गर्ने चुनौतीको भारी बोकेर कानुन मन्त्रायमा को पस्लान्? सरकार गठनका बेला यो चर्चा प्रभावकारी ढंगबाट उठ्यो। यी सबै चर्चा परिचर्चाकाबीच चुनौतीको भारी बोकेर कानुन मन्त्रालय छिरेका थिए, माओवादी केन्द्रका एक नेता अजय शंकर नायक । नायकमाथि सबैले प्रश्न गरे, संविधान कार्यान्वनयका लागि आवश्यक कानुन निर्माण गर्न सक्नुहुन्छ? शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन सम्भव छ? सायद नाकयले यी प्रश्नको जवाफ त्यतिबेला दिएनन्। सरकार गठनको तीन महिनापछि उनले मुखबाट ननिस्केको जवाफ कामबाट निस्किन थालेको छ। तीन महिने अवधिमा उनले आफ्नो मन्त्रालयबाट सम्पादन गरेको कामका कारण मन्त्री नायक यतिबेला माओवादीभित्र ‘नायक’ का रुपमा स्थापित हुन पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सरकारको तीन महिने कामको समीक्षा भएको छ। प्रधानमन्त्रीले आफ्नो स्पिरिटअनुसार सचिवालय र मन्त्रिपरिषद् सदस्यहरुले काम नगरेको चर्चा गरिररहेको बेला नायकको भने सकारात्मक चर्चा भएको छ। बालुवाटारमा भएको समीक्षामा मन्त्री नायकले पार्टी र नेतृत्वको स्पिरिटअनुसार काम गर्न सक्षम भएको निष्कर्ष निकालेको छ । बालुटावारमा प्रधानमन्त्री प्रचण्डले ऊर्जामन्त्री जनार्दन शर्माले केही गर्न खोजेको प्रसंग पनि जोडेका छन्। तर शर्माको कामभन्दा हल्ला धेरै भएको निष्कर्ष उनको छ। मन्त्री नायकले भने कुराभन्दा काम बढी गरेको ठहर प्रचण्डले गरेको छ । त्यससँगै बालुवाटारबाहेक राजनैतिक वृत्त र सञ्चारमाध्यममा पनि नायकले तीन महिनामा गरेका कामहरुको उपलब्धिले उनको राजनीतिलाई सकारात्मक दिशातिर डोर्याएको विश्लेषण हुन थालेको छ। नायकले तीन महिने अवधिमा संविधानले निर्दिष्ट गरे बमोजिम उच्च अदालत गठन गर्ने काम सम्पन्न गरिसकेका छन्। अन्य निर्वाचनसम्बन्धी विधेयक टेबुल गर्ने तयारीमा छन् नायक। त्यससँगै शान्तिप्रक्रियाका काम आन्तरिक रुपमा तीव्र गतिमा भइरहेको नायकको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending