Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

यीनै हुन् डलरवादी संविधानविरोधी

काठमाडौं, २३ कात्तिक  । आइतबार एउटा समाचार बाहिरियो, ‘संविधान संशोधनको प्रस्तावित ड्राप्ट तयार’ । अाजकाे जनप्रहार साप्ताहिकमा खबर छ –सरकारले मोर्चाको हातमा पठाएको भन्दै प्रकाशनमा आएको उक्त समाचारमा अंगीकृत नागरिकतासम्बन्धी संशोधन तयारीमा लेखिएको थियो, ‘अंगीकृत नागरिकता लिएको १० वर्ष पुगेपछि मुलुकको राष्ट्राध्यक्ष बन्न पाउने ।’ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधनको अन्तिम तयारीमा जुटिरहेकै बेला प्रकाशनमा आएको उक्त समाचारले आइतबार दिनभर राजनीतिमा नयाँ तरंग ल्यायो। सरकारले बारम्बार भन्यो, ‘समाचार गलत हो, सरकारको ड्राफ्ट होइन त्यो ।’ सरकारले उक्त प्रस्ताव आफ्नो नभएको बताउँदा बताउँदै केही युवा माइतीघरमा पुगेर उफ्रिए । मिडियाले थप समाचार खोतल्दै अघि बढे त सामाजिक सञ्जाल रंग्याउनेको भीड नै बढ्यो । तर उक्त समाचारमा आएको ड्राफ्ट सरकारको नभएको पुष्टि भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका सचिवालयका सदस्यहरूले उक्त ड्राफट तयारकर्ताको सोधीखोजी गहिरो रुपमा गरेपछि प्रस्तावको तयारकर्ता फेला पारेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार उक्त प्रस्ताव अधिवक्ता दिपेन्द्र झाले तयार पारेका हुन् । सहमति उन्मुख भएको नेपाली राजनीतिलाई विमतितिर लानेगरी आएको त्यो ड्राफ्ट तयार पार्ने झा भिलेनका रुपमा प्रमाणित भएका छन् । अतिवादी चरित्र देखाउँदै विभिन्न मिडिया फोरममा आलेख लेख्ने झा संशोधन हुनै लागेको संविधानको विपक्षमा डलरवादीहरूका कारण लागेको स्रोतले बतायो । ‘नेपाली राजनीतिलाई तरल बनाउने एनजीओ र डलरवादीहरूका खेताला हुन् झा, जसले मधेसको मुद्दा र नाममा जनता गुमराहमा राखी आफ्नो मुनाफा हेर्ने गरेका छन्’, उच्च स्रोतले भन्यो । प्रस्ताव तयार गर्नका लागि झालाई तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले साथ दिएका थिए, त्रिपाठी अवसरवादी राजनीतिज्ञ हुन् । त्रिपाठी सत्ता, कुर्सी र मन्त्री पदका लागि राजासँग पनि काँध जोड्नसक्ने चरित्रका हुन् । सरकारले मोर्चाको तर्फबाट आफ्नो धारणा बुझाउन भन्दै उनीहरूले सो प्रस्ताव तयार पारेको पुष्टि भएको स्रोतको दावी छ । ‘कार्तिक १६ गतेबाट झा र त्रिपाठी उक्त प्रस्ताव तयार पार्न जुटेको तथ्य फेला पारेको छ । शुक्रबार तीनकुनेस्थित एक होटलमा बसेर त्यसलाई सरकार अन्तिम ड्राफट भनेर मिडियाका केही पत्रकारलाई दिएको थाहा भयो’ स्रोतले भन्यो । तर अधिवक्ता झालाई सो विषयमा सोध्न खोज्न उनले फोन उठाएनन् । त्रिपाठीले भने उक्त प्रस्ताव सरकार वा मोर्चा कसैको नभएको प्रष्ट पारेका छन् । सरकारले उक्त प्रस्तावमा उल्लेख भए अनुसार अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउनै नसक्ने धारणा व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending