Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

दिल्लीसँग सम्बन्ध बढाउँदै देउवा

\"deuwa\"काठमाडौं, २३ कात्तिक । ‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा रहेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चार दिनयता भारतमा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–भारतीय जनता पार्टी निकटको इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन गोवा आएका देउवाले आफ्नो भ्रमण दिल्लीसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गरिरहेका छन् । फाउन्डेसनको ‘इन्डिया आइडिया’ कन्क्लेभको प्रमुख अतिथिका रूपमा देउवालाई बोलाइएको थियो, जहाँ भाजपा अध्यक्ष अमित शाहसमेत सहभागी थिए । तीन पटक प्रधानमन्त्री भइसकेका र फेरि प्रधानमन्त्रीको लाइनमा रहेका देउवासँग सम्बन्ध विस्तार गर्न भारतको सत्तारूढ दल भाजपासमेत उत्तिकै आतुर देखिन्छ । देउवासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले नै भाजपाले यो भ्रमण गराएको देखिन्छ । देउवा पनि भारतका नेता तथा अधिकारीहरूसँग आफ्नो पुरानो सम्बन्धलाई पुनर्ताजगी गर्न चाहन्छन् । पछिल्ला महिनामा कांग्रेस र भाजपाका नेताहरूको भेटघाट निकै झांगिएको छ । आइतबार देउवा जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी भए । उनलाई विश्वविद्यालयले विद्यावारिधिको मानार्थ उपाधिसमेत दियो । कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर चिन्तामणि महापात्रले देउवाको प्रशंसा गर्दै ‘म्यान अफ एक्सन नट वड्र्स’ भनेका थिए । देउवाको लेक्चर आफैंमा सम्मान थियो, जुन विश्वका एकदमै ख्याति कमाएका व्यक्तिहरूलाई मात्र विश्वविद्यालयले आमन्त्रण गर्ने गर्छ । देउवालाई मानार्थ विद्यावारिधि दिने विषयमा विश्वविद्यालयमा एकमत रहेको समेत जानकारी कार्यक्रममा गराइएको थियो । कार्यक्रममा देउवाले ‘डेमोक्रेसी एन्ड प्रोग्रेस इन एसियन सन्चुरी’ शीर्षकमा आफ्नो धारणा राखेका थिए । उनले केही भारतीय चासोका सम्बन्धमा पनि आफ्नो धारणा राखेका छन् । देउवाले भारतको सुरक्षा चासोप्रति सजग रहेको, तराई–मधेसको माग सम्बोधन गर्न संविधान संशोधनका लागि प्रतिबद्ध भएको, माओवादी द्वन्द्व अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको र त्यसमा भारतले सहयोग गरेको लगायतका धारणा व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending