Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

अख्तियारले भन्यो –नेतामाथि अनुसन्धान भएकै छैन

\"lokman-singh-karki-750\"काठमाडौं, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका कारण महाअभियोग लगाइएको प्रचार गराएप्छि आयोगले पहिलोपटक मुख खोल्दै नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो । आजको राजधानी दैनिकमा खबर छ –अख्तियारले लोकमान पक्षधरले लगाएको आरोप कपोल्कल्पित हल्ला मात्र भएको पनि बताएको छ । महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त कार्की निकटस्थहरूले दलका नेतामाथि छानबिन थालेकै कारण उनीविरुद्ध महाअभियोग लगाइएको बताइरहेका बेला अख्तियार आफंैले यसलाई कपोल्कल्पित हल्ला भनेको हो । ‘हामी लामो समयदेखि यही बसेर हेरिरहेका छौं, अहिलेसम्म भ्रष्टाचारको विषयमा कुनै पनि दलका नेतामाथि बोलाएर या सूक्ष्म रूपमा अनुसन्धान गरिएकै छैन,’ अख्तियारका एक आयुक्तले भने । ती आयुक्तका अनुसार भ्रष्टाचारजन्य कसुरमाथि छानबिन, अनुसन्धान तथा अभियोजन गर्ने संवैधानिक अंगकै बदनाम गर्ने गरी हचुवाको भरमा अनुसन्धानको हल्ला चलाइएपछि अख्तियारले सार्वजनिक रूपमै नेतामाथिको अनुसन्धान गरिएको हल्ला निराधार भएको सार्वजनिक गरिएको हो । अख्तियारले सोमबार विज्ञप्तिमार्फत सार्वजनिक पद धारण गरेका केही व्यक्तिहरूलाई लक्षित गरी अनुसन्धान भइरहेको भन्ने विषयमा सत्यता नभएको प्रस्टसमेत पारेको छ । ‘अख्तियार जस्तो संवैधानिक अंगले व्यक्तिको नाम किटेर लाञ्छाना लगाउने या होइन भन्ने कुरा हँुदैन, कुरो प्रस्ट बुझ्नुहोस्, दलका नेता त्यसमा पनि शीर्ष तहका नेतामाथि कुनै पनि खालको सोधखोजको प्रक्रियासमेत अख्तियारबाट भएको छैन, बाहिर गरिएको प्रचार ब्ल्याकमेलिङका लागि मात्रै हो,’ ती आयुक्तको भनाइ छ । उनका अनुसार महाअभियोगको विषयलाई अन्यत्र मोड्न र आफू जोगिन कार्कीले त्रास देखाउने योजनाका साथ दलका नेतामाथि अनुसन्धान थालिएको हल्ला चलाएका हुन् । ‘त्रास देखाएर ब्ल्याकमेलिङ गर्न खोजेका हो, यस्तो अथोरिटी कसैसँग छैन, त्यसैले, कार्कीको ब्ल्याकमेलिङ रोक्न आयोग नै बोल्नुपरेको हो,’ ती आयुक्तले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending