Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

मोडल बन्न चाहन्छिन् तरकारीवाली

\"tarkariwalikusum\"गोरखा –‘ हेल्लो तकारीवाली बोल्या हो? ’, भुम्लीचोक –८ की १८ वर्षिया कुसुम श्रेष्ठको मोबाइलमा तारन्तार फोन आइरहन्छ । अपरिचित व्यक्तिले फेसबुकमा राखेको एउटा तस्विरले उनको परिचय फराकिलो भएको छ । दैनिकी बदलिएको छ । चिनेजानेका र छरछिमेकले समेत उनलाई तरकारीवाली भनेर संबोधन गर्न थालेका छन् । फोन गरेर बधाई दिने र भेट्न आउनेको धुइरो लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – कुसुम बिदाका दिन खेतीकिसानी गर्ने बाआमालाई सघाउँछिन् ।त्यही क्रममा क्रेटमा गोलभेडा बोकेर चितवन , फिस्लिङस्थित पृथ्वि राजमार्ग जोड्ने झोलुंगे पुल तर्दै गर्दा पत्तै नदिई कसैले उनलाई क्यामेरामा कैद गर्यो र तरकाी बिक्रि गर्ने भैरवी कृषि सहकारी संस्थामा भारी बिसाएर उनी मोवाइलमा बोल्न थालिन त्यहाँ पनि ति अपरिचितले अर्को फोटो खिच्न भ्याए । ती दुवै तस्विर अहिले समाजिक सञ्जाल हँुँदै सञ्चारमाध्यम सम्म फैलिएका छन् । ‘तरकारीवाली’का नामले देशविदेशमा चर्चित भएकी छन् कुसुम । \"kusum\" कुसुमले पछि थाहा पाइन , फोटोग्राफर रुपचन्द्र महर्जनले उनको फोटो खिचेर कात्तिक १२ गते फेसबुकमा पोष्ट गरेका रहेछन् । १५ गते उनलाई ध्यालचोककी साथी अञ्जु रेग्मीले यसबारे जानकारी दिइन् । ‘फेसबुक त म पनि चलाउँछु तर साथीले भनेपछि मात्र थाहा पाएँ , उनले भनिन् । पृथ्वी राजमार्गबाट एक घण्टा पैदल दुरीको पहाडी गाँउस्थित उनको घरमा इन्टरनेट सुविधा छैन । मोबाइल फोनले समेत राम्ररी नेटवर्क टिप्दैन । कुसुम ४० बषिय चन्द्रलाल र ३८ बर्षिय ज्ञानु श्रेष्ठकी एक्ली सन्तान हुन । नचिनेको मान्छेले फेसबुकमा फोटो हालेको छ भनेपछि घरमा कराउनु भयो ,उनले भनिन् ‘पछि त घरमा पनि कुरा बुझ्नु भयो , मनमा डर हट्दै गएको छ । कुसुमले गत वर्ष ज्ञानमार्ग उच्च माविबाट सी प्लस श्रेण्ीमा एसएलसी उत्र्तिण गरेकी हुन । स्टाफ नर्स बन्ने सपना थियो , घरको आर्थिक अवस्थाले पढ्न सकिन , उनले भनिन् । अहिले चितवनस्थित काकाको घरमा बसेर किस्ट मोडल कलेजमा व्यवस्थापन पढ्दैछिन् उनी । अहिले दशै तिहार छुट्टीमा घर आएकी हुन । फिस्लिङ बजारमा दैनिक तरकारीको हाटबजार लाग्छ । त्यही झोलुंगे पुल तरेर सयौं किसान हाटबजार आइपुग्छन् । पाकिस्तानका चियावाला अरसद खान मोडल भएजस्तै कुसुमले पनि तस्बिरमा आफ्नै प्रशंसा बढेपछि मोडलिङ गर्ने सपना देख्न थालेकी छिन् । ‘खासै यहि बन्ने भन्ने सोचेकी थिइन , अबचाहिँ मोडल बन्नुपर्छ जस्तो लागेको छ, उनले भनिन् । सुरुमा तरकारीवालीका रुपमा प्रचार हुँदा केही धकाएकी कुसुमलाई अहिले त्यही परिचयमा सन्तष्टि मिल्न थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending