Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आलोचना सुरु भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाइएकी बोहराको टिकट आकस्मिक रूपमा खोसिनुलाई महिला नेतृत्वमाथिको अपमान र समावेशी प्रतिनिधित्वविरुद्धको कदमका रूपमा हेरिएको छ ।

सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेबाट उम्मेदवार बन्ने एक्ली महिला नेतृ बोहरालाई उम्मेदवार बनाएर फेरि हटाइनुले पार्टीको महिला सहभागितासम्बन्धी दाबीमाथि गम्भीर प्रश्न उठाएको छ ।

एमाले प्रदेश कमिटीकी एक महिला सदस्यले बोहराको टिकट खोसिनु महिला अधिकार र लैङ्गिक समानताको भावनाविरुद्ध भएको बताइन् । ‘महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले अघि सारेको एउटी महिला उम्मेदवारको समेत टिकट खोसिनु अत्यन्तै दुर्भाग्यपूर्ण हो,’ उनले भनिन्, ‘महिलालाई अवसर नदिने मात्रै होइन, दिएको अवसर पनि खोस्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।’

उनले पार्टी नेतृत्वलाई निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गर्दै बोहराको स्थानमा अर्को उम्मेदवार ल्याउने तयारी उचित नहुने स्पष्ट पारिन् । ‘पार्टीले कागजमा महिला सहभागिता र नेतृत्व विकासको कुरा गर्छ, तर व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ,’ उनको भनाइ छ ।

एमालेले शनिबार मात्रै कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर त्यसको भोलिपल्टै उनको स्थानमा तारालामा तामाङलाई टिकट दिने तयारी भएको स्रोतले जनाएको छ । अचानक गरिएको यो निर्णयले पार्टीभित्र असन्तुष्टि झन् चुलिएको छ ।

कमला बोहरा एमालेको ११औँ महाधिवेशनबाट ४० वर्षमुनिको युवाकोटाबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित नेतृ हुन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेकी उनले संगठन विस्तार र आन्दोलनमा उल्लेखनीय भूमिका खेलेको पार्टी नेताहरू बताउँछन् ।

समावेशीता, लैङ्गिक समानता र महिला नेतृत्वप्रति प्रतिबद्ध रहेको दाबी गर्दै आएको एमालेको व्यवहारमा देखिएको यो घटनाले ती प्रतिबद्धताहरू खोक्रा मात्र हुन् कि भन्ने प्रश्न उठाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending