Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सामाजिक विकासमन्त्री राईद्वारा स्वास्थ्य केन्द्रको भवन अनुगमन

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न गरिएको तीन तले आरसिसी भवन आज उनले अनुगमन गरेके हुन् । अनुगमनमा पुगेकी उनले भवन सञ्चालनका लागि आवश्यकपर्ने उपकरण, खानेपानीलगायत अत्यावश्यकीय सामग्री तत्काल व्यवस्थापन गर्ने मन्त्री राईले बताएकी छिन् ।

निर्माण सम्पन्न भवन नयाँ वर्षको अवसर पारेर वैशाख–१ गतेसम्ममा आवश्यक कर्मचारीको व्यवस्थान गरेर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका निमित्त अजयकुमार प्रमुख झाले जानकारी दिए ।

भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको र आगलागी हुन नदिनका लागि प्रत्येक कोठामा फाएर फायरस्टिङ्गरसमेत जडान गरिएको छ । विसं २०५५ मा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको खोटाङको कार्यालय अहिलेसम्म दिक्तेल बजारस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, परशु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले सङ्कलन गरेको चन्दाबाट खरीद गरिएको एक रोपनी एक आना जग्गा खरीद गरिएको थियो ।

भवन अभावमा कार्यालय सञ्चालनमा समस्या झेल्दै आएको आयुर्वेदका लागि आफ्नै सुविधा सम्पन्न भवन बनेपछि सहज हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले समयअवधि अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।

यसैबीच, कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेज ब्राण्ड’को थोलेकी सामाजिक विकासमन्त्री राईलाई वडा कार्यालय बुइँपा र खोटाङ उद्योग वाणिज्य सङ्घले रक्सी उपहार प्रदान गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई कानूनी रुपमा वैधता दिएर व्यवसायीकरण गराउन माग समेत गरिएको छ ।

वडाबासी र वाणिज्य सङ्घले प्रदान गरेको तीनपाने रक्सी ग्रहण गर्दै उनले कादोको रक्सी उत्पादनलाई व्यवसायिक तथा घरेलु उद्योगको रुपमा विकास गर्न पहल थालेको बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत सकारात्मक रहेकाले कोदोको रक्सीलाई वैधता दिने अभियानले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरे ।

मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आएका छन् । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेका थिए ।

विसं २०६४ मा एमालेको तर्फबाट तत्कालीन संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा भूमिका निर्वाह गरेका थिए । संविधानसभामा अन्तरपार्टी महिला सांसद समूह (ककस)को संयोजक बनेकी उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद रहेके थिईन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies