
सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

-
-
चैत २१ गते, २०७७ - २०:४१

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।
गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, “ नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।”
महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे । “पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ”, उनले भने ।
महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले अहिले देशमा राजनीतिक सङ्कट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने बताए ।
कांग्रेसका नेता भीष्मराज आङेम्बेले भने, “जब–जब देशमा राजनीतिक सङ्कट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ । त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ ।” नेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि बोले ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना
नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...काठमाडौँ उपत्यकामा कडाइ : लगाइएको मास्क जथाभावी फ्याँक्नेलाई कारवाही
काठमाडौ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको...वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह
काठमाडौ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय...हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल
काठमाडौ । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा...संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु
राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट
जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...

प्रतिकृया लेख्नुहोस्:
- माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
- १७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
- संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
- ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
- जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
- माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
- कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
- सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
- माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
- अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
- पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
- एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी शैली अपनाए : राष्ट्रिय जनमोर्चा
- संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !