
रघुगङ्गाका किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

-
-
चैत १८ गते, २०७७ - १७:१४

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो ।
दुई सय ६१ जनालाई प्लास्टिक टनेल, ७८ लाई स्प्रे, ७४ लाई सिकेचर, २९ लाई यान्त्रिक हलो, १० पिसानी मिल, ८ च्यापकटर र १३ वटा थ्रेसर वितरण गर्न शुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा मङ्गलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले कृषि सामग्री र औजार वितरण शुरुआत् गरेका थिए । “किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” प्रमुख सुवेदीले भने, “कृषि सामग्री खरीदमा आठ लाख र यान्त्रिकरणका लागि रु १६ लाख विनियोजन गरेको थियो । किसानकोसहित रु ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।”
गत कात्तिक २० गतेको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रिककरण कार्यक्रम कार्यविधि २०७७ लाई आधार मानेर गत मङ्सिर २१ देखि पुस ६ गतेसम्म किसानबाट माग सङ्कलन गरिएको थियो । “टनेल, स्प्रे र बिउबिजन माग गरेका सबै किसानले पाएका छन्,” कृषि प्राविधिक सुवेदीले भने, “यान्त्रिक हलो, थ्रेसर, च्यापकटर र पिसानी मिल भने समूह र फर्मलाई उपलब्ध गराइएको छ ।” विभिन्न फर्मलाई प्रतिस्पर्धा गराएर सामान खरीदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फतनै भुक्तानी हुने प्रक्रिया रहेको छ ।
एक सय २० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइ भएको प्लास्टिक टनेल प्रतिगोटा रु पाँच हजार ८००, डिजेलबाट चल्ने ५।५ हर्सपावर क्षमताको यान्त्रिक हलोलाई रु ४७ हजार, घाँस पराल काट्ने च्यापकटर प्रतिगोटा रु ३८ हजारका दरले आपूर्ति गरिएको जनाइएको छ ।
पिसानी मिल प्रतिगोटा रु २३ हजार ८००, थ्रेसर प्रतिगोटा रु ५९ हजार, सिकिचर प्रतिगोटा रु एक हजार पचास र स्प्रेयर रु दुई हजार पचास न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कूल मूल्यको ५० प्रतिशत किसान, फर्म, सहकारी र समूहले व्यहोरेका हुन् ।
तीन हजार किबी, तीन हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा मौसममा सुन्तला जात फलफूल र केराका बिरुवा वितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना कृषकलाई लक्षित गरेर सामग्री र आंैजार वितरण गरेको अध्यक्ष भण्डारीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण
तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध
विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...
