
आफुखुशी योजना रकमान्तरबारे मुख्यमन्त्री विरुद्ध आवाज उठाउँछौं : अष्टलक्ष्मी शाक्य

-
-
चैत १८ गते, २०७७ - १३:५१

हेटौंडा । एमालेको नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बुधबार बस्ने एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा जाने बताएकी छिन । अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् ।
उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको वैठकमा जाने होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हो ।’
विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहको भन्दै नेतृ शाक्यले आफूहरुको कुरा मुख्यमन्त्रीले निरन्तर बेवास्ता गरेको बताइन् ।
मुख्यमन्त्री पौडेलले महत्वपूर्ण योजना रकमान्तर गरेर आफू अनुकुलका प्रदेश सभा सदस्यहरुलाई दिएको जानकारी आएको भन्दै उनले यस विषयमा बुधबारको बैठकमा जवाफ माग्ने बताइन् ।
बागमती प्रदेश सभामा ११० सदस्य सांसदमध्ये एमालेका ५७ जना सांसद छन् । जसमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री र संसदीय दलको नेता छन् । एमालेबाट निर्वाचित सभामुख सानुकुमार श्रेष्ठबाहेक ५६ सांसदमध्ये ओली पक्षका ३४ जना छन् ।
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध १० माघमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...कोरोना महामारी फैलियो, सावधानी छैन
चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण
धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ
काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...नौ महिनामा मरे ३० गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्
डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी
तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...

प्रतिकृया लेख्नुहोस्:
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने
- माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
- संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा
- माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल
- एमाले माधव समूहद्वारा सोमबार बालुवाटारमा बोलाइएको बैठक स्थगित गर्न माग
- एकैदिन एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए, उपत्यकामा ४३५ संक्रमित पुष्टि
- ओली सरकार केही दिनमा ढल्छ : अध्यक्ष प्रचण्ड
- विपक्षी दलको विरोधकाबीच प्रदेश १ को अधिवेशन अन्त्य
- राष्ट्रपति भण्डारीद्वारा पदमुक्त थापालाई पुनः गृहमन्त्रीमा नियुक्त
- प्रधानमन्त्री पदका लागि लालायित छैन तर परिआए पछि हटिदैन : सभापति देउवा
- अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
- पदमुक्त गृहमन्त्री बादलले आजै शपथ लिने तयारी, ३५ दिनभित्र रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने
- गृहमन्त्री रामबहादुर थापा सांसद पदबाट मुक्त
- सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष प्रचण्ड