Khabar Dabali Logo
  April 19, Mon

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम ठिक रहेको घटनाक्रमबाट पुष्टि हुँदैछ : महेश बस्नेत

पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको औचित्य पुष्टि हुने बताए ।

प्रेस चौतारी पाँचथरले बुधबार बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरू पेश हुने ‘लाइनमा रहे पनि संसद्मा पेश हुन नसक्नु संसदको कमजोरी रहेको बताए । अहिलेको अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बस्नेतले बताए।

‘कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ’ बस्नेतले दावी गर्दै भने, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’

उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए । ‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न’, बस्नेतले भने, ‘कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’

चैत १८ गते, २०७७ - १२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...   

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...   

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...   

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...   
कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...   

नौ महिनामा मरे ३० गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...   

नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्

डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...   

बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...   
तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top