Khabar Dabali Logo
  April 16, Fri

योजनाविना गरिएका विकास परिणाममुखी हुँदैनन् : मुख्यमन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना विना गरिएका विकास परिणाममुखी नहुने भएकाले योजना बनाएर मात्रै काम गर्न आग्रह गर्नुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिकाको २० वर्षीय एकीकृत विकास गुरुयोजनाको आज सार्वजनिक गर्दै उनले योजना र अध्ययनविना अन्धाधुन्ध गरिने कामले आर्थिक स्रोतको मात्रै नोक्सानी गर्ने बताए ।

मुख्यमन्त्री गुरुङले आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सबै स्थानीय तहलाई अनुरोध गरे पनि केहीले् मात्र उक्त काम गरेको बताउनुभयो । “गण्डकी प्रदेशका ८५ मध्ये १९ स्थानीय तहले मात्रै आवधिक योजना बनाएका रहेछन्, सबै पालिकालाई आवधिक योजना बनाएर विकास निर्माणका काम गर्न अनुरोध गरेका छौँ”, उनले भने, “योजनाविना गरिएका कामले सार्थक परिणाम दिँदैन ।” मुख्यमन्त्री गुरुङले गुरुयोजना बनाएर मात्र नहुने बरु त्यसको सही कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे ।

तीन तहको सरकारबीच समन्वय र सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा हिँड्न सक्ने उल्लेख गर्दै उनले स्रोत साधनको पहिचान गरेर बन्दीपुर गाउँपालिकाले गण्डकी प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरले विकासको गोरेटे कोरेको बताउँदै अब आउने जनप्रतिनिधिले पनि त्यही बाटो समात्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधारसँगै सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विकासलाई प्राथमिकतामा दिनुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माले पर्यटनलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले बन्दीपुर घर भई काठमाडौँ, चितवनलगायत अन्यत्र बस्ने व्यक्तिसँग पनि सुझाव सङ्कलन गरी गुरुयोजना बनाइएको जानकारी दिए ।

गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपक्षीजन्य, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाट हुने विश्वास लिएको बताउँदै उहाँले पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न खोजिएको उल्लेख गरे ।

बन्दीपुरको प्राकृतिक सौन्दर्य र उर्भरा भूमिमा परिश्रमी र न्यायप्रेमी जनताको मेहनत थप समाहित हुँदा दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताइन् ।

राससकर्मी न्यौपाने सम्मानित

बन्दीपुरको पर्यटन प्रवद्र्धन र समग्र विकासमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानस्वरुप रासस दमौली प्रतिनिधि कृष्ण न्यौपाने सम्मानित भएका छन् । गाउँपालिकाले आज आयोजना गरेको गुरुयोजना सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री गुरुङ, मन्त्री चुमान, गाउँपालिकाका अध्यक्ष थापाले संयुक्तरुपमा राससकर्मी न्यौपानेलाई सम्मान गरेका थिए । सोही अवसरमा जिल्लाका अन्य केही पत्रकारलाई पनि सम्मान गरिएको जनाएको छ ।

चैत ११ गते, २०७७ - २१:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल

झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...   

यी सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

काठमाडौ । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा...   

बस र टिपर ठोकिँदा पाँच जनाको मृत्यु, ४१ घाइते

राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु...   

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top