Khabar Dabali Logo
  April 20, Tue

ओलीले नेपालमा हिटलरका नयाँ अवतार लिएका छन् : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली हिटलरको नेपाली अवतार भएको टिप्पणी गरेका छन् ।

आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै एमाले नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए ।

पार्टीमा आफ्नो एकाधिकार कायम गर्न खोजेको भन्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’ उनले भने, ‘अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरुलाई मात्र राखेको र उनीहरुमा गलत कुराको आलोचना गर्ने हिम्मत छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छरेको बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’

चैत १० गते, २०७७ - १४:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...   

भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...   

पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...   

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...   

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु

राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...   

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट

जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...   

माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...   

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...   

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top