Khabar Dabali Logo
  April 12, Mon

“स्वयमसेवक परिचालनलाई निरन्तरता दिदैं ट्राफिक महाशाखा”

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ । उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म आजैदेखि परिचालन गरिने महाशाखाले छ । उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

केहि मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने हुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झदै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिए ।

यस अघि महाशाखाले बिभिन्न सँघसंस्था, स्कुल कलेजका बिद्यार्थीहरुलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई बिभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ । स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

चैत ९ गते, २०७७ - १६:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

याङ्गुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी...   

अझै मेलम्चीको पानी वितरण भएन

काठमाडौँ । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका...   

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि...   
“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”

“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”

काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय...   

अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी...   

बुटवलमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको...   

पानी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा...   

भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...   

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय...   

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top