Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

बनेपा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताए । तीन तहका सरकारको आ–आफ्ना काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भएर नआएसम्मका लागि त्यसको व्यवस्थापनको पहिलो दायित्व सङ्घीय सरकारको भएको उनले बताए । उनले समायोजन भइसकेपछि वाग्मती प्रदेशले प्रहरीका लागि धेरै काम गर्न सक्ने बताए । “जस्ताका छाप्रोमा र बहालमा बसिरहेका प्रहरीले साङ्गठनिक अवस्था चुस्त दुरुस्त नभएसम्म सोचेजस्तो काम गर्न सक्दैन”, उनले भने, “भवन निर्माणदेखि गाडी किन्ने कुरामा प्रदेश सरकारले निरन्तरता दिनेछ ।”

ठूला लगानी एकै पटक गर्न नसकिए पनि ठूलो महत्व राख्ने सामान्य खालका कामका लागि अभावमा रहने अवस्था नहुने मुख्यमन्त्री पौडेलले बताए । त्यससँगै उनले गर्न सक्नेसम्मको अवस्थामा नयाँ प्रविधि जोडेर काम गर्न आवश्यक रहेको बताए । अब हिजोकै परम्परावादी सोच र त्यहीअनुसारका शैलीले माथि पुग्न नसक्ने उनको भनाइ थियो । त्यससँगै हरेक ठाउँमा ध्यान पुर्याउनुपर्ने प्रहरीको पीडा बुझ्न सकिएन भने गम्भीर समस्या हुने भएकाले समायोजन भएर आएपछि शववाहन, दमकल, एम्बुलेन्सलगायतका प्राविधिक कुरामा व्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव मदन भुजेलले भौतिक भवन र दरबन्दीका लागि पहल गरिने बताए । प्रदेश प्रहरी गठन भइसकेपछि रिक्त दरबन्दीलाई समयमै पदपूर्ति गर्ने, सरुवा बढुवालाई नियमित र व्यवस्थित बनाउने, कर्मचारीलाई आवश्यकतानुसार तालीम दिने काम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने उहाँले बताउनुभयो । अहिले भइरहेको भन्दा अझ व्यवस्थित किसिमले प्रहरीलाई परिचालन गरिने उनको भनाइ थियो । सो क्रममा उनले क्रसर उद्योगको व्यवस्थित, मर्यादित र दीर्घकालीन समाधान गर्न सङ्घीय सरकार र प्रदेश सरकार लाग्नुपर्ने बताए ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले प्रहरी कार्यालयले गर्ने काममा गर्ने पहलकदमीको विषयमा ठोस् विषय आउन आवश्यक रहेको बताए । गरेको काम अब तथ्याङ्कगतरुपमा प्रस्तुत गर्न उनले मातहतका कार्यालयलाई आग्रह गरे । प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालय र वाग्मती प्रदेश प्रहरी तालीम केन्द्र दुधौलीले आ–आफ्नो कार्यालयको तर्फबाट भएका कामको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोकलगायत वाग्मती प्रदेश प्रहरी तालीम केन्द्र दुधौली सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको सहभागिता थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies