Khabar Dabali Logo
  April 12, Mon

एमालेको दुई पक्षबीच फुकेन गाँठो : ओली भन्छन्, नेपाल पक्षले बोलाएको राष्ट्रिय भेला स्थगित गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरिएको ओली पक्षका नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

उहाँले एमालेलाई सुदृढ बनाएर लैजानेबारे साझा अवधारणा बनेको र बैठक सकारात्मक भएको जानकारी दिए । बैठक पछि नेता ज्ञवालीले भने, ‘अन्तरविरोध छलफलबाट समाधान गर्दै जानुपर्छ भन्नेमा सबैको सहमति रहेपनि ठोस आधार तय भएको छैन ।’ २८ गतेको बैठकका निर्णय स्थगित गर्न उहाँहरूले आग्रह गर्नुभएको छ। तर त्यो निर्णय पुनरावलोकन र समीक्षा गर्नुपर्ने भए छलफल गर्दै जाऔं भन्ने हाम्रो भनाइ रह्यो,’ ज्ञवालीले भने ।

साथै राष्ट्रिय भेला अहिलेको अवस्थामा आयोजना गर्दा दूरी झन् बढ्ने भएकोले भेला नगर्न भनिएको पनि उनले बताए।

‘यस्ता भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन। भेला नगरौं यसले दूरी बढाउँछ भनिएको छ,’ उनले भने।
यस्तै, नेपाल पक्षका नेता रघु पन्तले बैठकमा अध्यक्ष ओलीले मिठा कुरा गरे पनि २८ गतेको एक पक्षीय निर्णय खारेजको विषयमा मौन रहेकोले कुनै सहमति हुन नसकेको बताए । ‘बोलीमा मिठा कुरा गरेपनि व्यवहारमा पत्याउने अवस्था छैन ।’, बैठक पछि पत्रकारसंग कुरा गर्दै नेता पन्तले भने, ‘ओली पक्षको एकलौटी निर्णय खारेज नभएसम्म आफ्नो पक्षको राष्ट्रिय भेला स्थगित हुने छैन ।’

चैत २ गते, २०७७ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...   

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...   
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...   

एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...   

देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...   

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top