Khabar Dabali Logo
  April 15, Thu

दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

काठमाडौं । सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूध ढुवानी गर्ने गाडीलाई विश्वमा कुनै पनि देशले छुट्टै लोगो प्रदान नगरेको भन्दै नेपाल पहिलो हुने बताए ।

उनका अनुसार त्यस्तो लोगो पाएका दूध ढुवानी गर्ने साधनलाई एम्बुलेन्स जस्तै कसैले पनि रोक्न सक्दैन । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा तिनमा रोकावट भइरहेको हुन्छ ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुने गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि लोगो तयार गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक यादवले दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिनाकारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको बताए । यो समाचार

चैत २ गते, २०७७ - ०८:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top