
नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

-
-
फागुन २० गते, २०७७ - २०:२५

काठमाडौ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ ।
इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।
नेपालभित्र उत्पादन भएको विद्युत् सरकारी तथा निजी क्षेत्रबाट भारतीय बजारसम्म लैजानका लागि मार्गप्रशस्त भएकाले त्यस्तो अवसरको सदुपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । इपान अध्यक्ष कृष्ण आचार्यले नेपालको विद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानूनी तथा प्राविधिकरुपमा तयारी गर्नुपर्ने र आवश्यक कठिनाइको तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
उनले विद्युत् विधेयक (ऐन) लाई तत्काल पारित गरी क्षेत्रीय बजारमा विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न आग्रह गरे । आगामी पाँच वर्षभित्र देशको प्रणालीमा विद्युत्को कूल जडित क्षमता सात हजार १०० मेगावाट पुग्ने जानकारी दिँदै उनले देशभित्र पनि बिजुली खपतको वातावरण बनाउन एवं क्षेत्रीय बजारमा समेत व्यापार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
इपान उपाध्यक्ष आषिश गर्गले आन्तरिक तथा बाह्य बजारमा विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई प्रवेश दिइए सहज हुने धारणा राख्दै नेपाल विद्युत् प्राधिकरण एक्लैले व्यापार गर्न नसक्ने बताए ।
उपाध्यक्ष गर्गले हाल देशको प्रणालीमा निजी क्षेत्रले ७३९.५ मेगावाट बिजुली उपलब्ध गराएको जानकारी दिए । पछिल्लो तीन वर्षमा मात्रै आफूहरुले ३७० मेगावाट बिजुली थप गरेको, तीन हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणमा रहेको तथा दुई हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणमा जान ठिक्क रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित