Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् ।

सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् । विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरुले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को आठ लाख रकम बिल अनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदूरले भने ज्याला नपाएको उनको गुनासो छ ।

उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दर रेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ । उनीहरुले काम गरेको भए पनि श्रमको ज्याला पाउन सकेका छैनन् । पटकपटक पर्खाल निर्माण समितिसँग काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदूर देउवाले रासससँग दुखेसो पाखे । उनले पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बूढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताए ।

नगरपालिकामा दिएको उजूरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजूरी फिर्ता गरेको देउवाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदूरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताएका छन् ।

नगरपालिकाको प्राविधिकले बनाएको इष्टमेट अनुसार काम नभएकाले सम्झौता भए अनुसारको रु ८ लाख भुक्तानी नभएकाले प्रतिव्यक्ति रु ३५० का दरले दिने सहमति भएको र केही व्यक्तिले सो रकममा सहमति नजनाएकाले उनीहरुले एक महिनादेखि ज्याला नलिएको उनले स्वीकार गरे । पटकपटक ज्याला बुझ्न बोलाउँदा र छलफल गर्दा समेत सरकारी दररेट ९५० का दरले काम गरेको रकम पाउनुपर्ने मजदूरले अडान लिएपछि ज्याला दिन नसकेको अध्यक्ष रौलेको भनाइ छ । उनका अनुसार ज्याला नलिनेमा २१ मजदूर छन् । तीमध्ये वीरसिङ्गे रौले, भीमबहादुर रौले, राजेन्द्र रौले, बलबहादुर रौले चन्द्रबहादुर रौलेलगायतका छन् ।

यस्तै ज्याला नपाउनेमा चक्र शाह, उद्धव रौले, भरत रौले, प्रकाश रौले, प्रेमबहादुर रौले, अमृत देउवा, चन्द्रदेव जैशी र मोतिलाल जैशी छन् । यता बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक खातीले ज्याला नपाएको उजूरी न्यायिक समितिमा नआएको उताए । उनले उजूरी न्यायिक समितिमा नआएकाले ज्याला पाए नपाएको विषयमा खोज्दै हिँड्न नहुने बताउँदै उजूरी आएमा छलफल गरेर मजदूरलाई ज्याला उपलब्ध गराइदिएर न्याय दिने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies