
भत्ताले एकल पुरुषको जीवन सहज

-
-
फागुन ८ गते, २०७७ - ०७:३३

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – ६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । ‘दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ’, घलेले भने । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल सम्पर्कमा नभएको र छोरो समेत पत्ता नलागेको उनले बताए ।
घले जस्तै गाउँपालिका–३ स्थित भट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष भत्ताले राहत पाएको महसुस गरेका छन् । ६९ वर्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए ।
‘गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ’, उनले भने, ‘हामी जस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हत्या गरेर घाँसको भारीसँगै सडकमै पुरियो महिलालाई
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै...सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो
श्रीमान मन्त्री, श्रीमती नगर प्रमुख रौतहट । सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा...हानिकारक ग्याँस आयातमा कडाइ
काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने...नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन...ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका...मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमण : सुनसरीमा सबैभन्दा बढी
काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ...पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि
काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु
काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...
