Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भागरथी भट्ट हत्याको ११ दिन पुग्दा पनि सुदूरपश्चिम सरकार अझै पुगेन उनको घर

बैतडी । केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश गर्‍यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिनसम्म पनि प्रदेश सरकार घटनास्थल पुगेको छैन । न सन्तानवियोगको पीडामा रहेकी भागरथीकी आमालाई सान्त्वना दिन पुगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - निकै आलोचना भएपछि ११औं दिन सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिको एक टोली भने आइतबार भागरथीको हत्या भएको घटनास्थल पुग्यो । समितिकी सभापति कुन्ति जोशी, सदस्य सुशीला बुढाथोकी र नन्दबहादुर साउदसहित बैतडीका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले ११औं दिन भागरथीको आँगन टेके ।

आइतबार बिहान दोगडाकेदार– ७ लवलेक जंगलमा रहेको घटनास्थलको अवलोकन गरेर उनीहरूले भागरथीका आफन्तलाई भेटे । दोषीमाथि कारबाही र घटनाबारे बुझ्न आफूहरू चडेपानी पुगेको उनीहरूको भनाइ थियो ।

लगत्तै सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीसँग भेटघाट गरेका उनीहरूले भागरथी हत्यामा संलग्न अपराधीलाई छिटो सार्वजिनक गर्न माग गरे । ‘कुनै पनि निकायबाट प्रभाव नपर्ने गरी अनुसन्धान गर्नुहोस् । दोषीलाई कारबाही गर्दा भागरथीलाई मात्र होइन, सबै महिलामाथि न्याय हुन्छ,’ समितिकी सभापति जोशीले भनिन्, ‘निर्मला प्रकरणदेखि भागरथीको हत्यासम्म आइपुग्दा महिलाको सुरक्षामा ठूलो चुनौती सिर्जना भएको छ ।’

कांग्रेसले दियो दुई लाखको चेक

आइतबार दिउँसो साढे एक बजे दलबलसहित कांग्रेस नेता रमेश लेखक भागरथीको घर पुगे । स्थानीय खोचलेक बजारबाट उनको घर जाने बाटैमा रहेको घटनास्थलको अवलोकनपछि लेखकले भारगथीकी आमाको हातमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै भागरथीकी आमा द्रोपतीलाई सान्त्वना दिए । ‘दुःख परेको वेला सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट थोरै सहयोग पठाउनुभएको छ’ भन्दै लेखकले खामभित्र रहेको चेक पीडित परिवारको हातमा थमाए ।

‘जो–जो साथीले सक्नुहुन्छ आर्थिक सहयोग गर्नुहोला,’ एक दर्जन गाडीको लस्करसँगै कार्यकर्ता बोकेर चडेपानी पुगेका नेता लेखकले भने, ‘पहिलो कुरा अपराधी पत्ता लाग्नुपर्छ भन्ने हो, त्यसपछि पीडित परिवारलाई आर्थिक सहयोग जुटाउनुपर्छ ।’

उनले घटनाबारे बुझ्न पार्टीले पठाएपछि आफू आएको बताए । ‘जति पीडा तपाईंहरूलाई छ, त्यति नै हामीहरूलाई पनि छ,’ उनले भने । दोषीलाई कानुनको कठघरामा उभ्याउन पूरा सहयोग गर्ने बताएका लेखकले गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कुरा गर्ने बताए ।

अलमलमै प्रहरी अनुसन्धान

सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले कमान्ड सम्हालेको तेस्रो दिन नै अनुसन्धानको दायरा साँधुरिएको बताएका थिए । ११ दिनसम्म आइपुग्दा पनि प्रहरीले उही भाषामा दोषीको नजिकनजिक पुगिसकेको बताइरहेको छ । तर, अनुसन्धानले लय समात्न नसकेको पनि प्रहरीको अभिव्यक्तिबाटै थाहा हुन्छ ।

आइतबार सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिसँग कुराकानीका क्रममा डिआइजी सुवेदीले ‘अनुसन्धानको नाममा कसैलाई पक्रेर टर्चर गर्न पनि नमिल्ने’ बताए । केही शंकास्पद मानिस प्रहरीको प्रत्यक्ष निगरानीमा भएको समेत उनले दाबी गरे ।

घटनास्थलबारे अलमलमै रहेको प्रहरी ‘आफन्तकोमा आइरहने मान्छे वा जानेबुझेकै मान्छेबाट घटना भएको निष्कर्षमा भने पुगेको छ । ‘बाहिरबाट आएर कसैले घटना गर्न सक्ने सम्भावना छैन,’ एक प्रहरी अधिकृत भन्छन्, ‘कुकुरले दिएको संकेत, स्थानीयहरूसँगको सोधपुछ तथा घटनास्थलमा प्राप्त प्रमाणहरूको आधारमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट दुई किलोमिटर टाढा खोचलेक प्रहरी चौकीमा बसेर डिआइजी सुवेदीले अनुसन्धान अगाडि बढाइरहेका छन् । स्थानीय विद्यार्थी र अभिभावकहरूले चौकीछेउमै तीन दिनसम्म आन्दोलन चर्काएका थिए ।

यसले अनुसन्धान प्रभावित भएको भन्दै प्रहरीले आन्दोलन रोक्न अनुरोध गरेपछि अहिले यहाँ सांकेतिक आन्दोलन मात्रै भइरहेको छ । आइतबार स्थानीयले सिट्ठी फुकेर एक घन्टा विरोध जनाए । जिल्ला सदरमुकाममा प्रशासनअगाडि मुखमा पट्टी बाँधेर मैनबत्ती जलाउँदै विद्यार्थीले विरोध जनाए भने जिल्लाका विभिन्न ठाउँमा समेत भागरथीको न्यायका लागि प्रदर्शनहरू जारी रहे ।

स्थानीयले मुख नखोल्दा अनुसन्धान लम्बिएको प्रहरीको भनाइ छ । बिस्तारै स्थानीयहरूबाट पनि सूचना आउन थालेकाले सफलतानजिक रहेको भन्ने पुरानै भनाइ भने प्रहरीले दोहोर्‍याइरहेको छ । ‘हामीले व्यक्ति विशेष र समूहविशेषमा अनुसन्धान अघि बढाइरहेका छौँ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘भागरथीको हत्यापछि अधिकांश स्थानीयले मोबाइलमा कल र मेसेज हिस्ट्री डिलिट गर्ने गरेको भेटियो । यो देखेर हामी अचम्मित भइरहेका छौँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies