
ओरिया खोलामा भारतीय पक्षको अवैध बालुवा उत्खनन

-
-
माघ २६ गते, २०७७ - १४:४६

वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ ।
दैनिक एक हजारभन्दा बढी भारतीय अबैध ट्र्याक्टररुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत रहेको छ ।
विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । उनले राससलाई भने, “विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेको छ । ”
केही दिनअघि दुई ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । वारी पर्साको पिपडाडी गाउँ रहेको छ भने बारी भारतको भङ्गहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषी माथि कारवाही गरिने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन मन्त्री गुरुङको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार...बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...वाग्मती नदीमा पानीको सतह बढ्न सक्ने, स्थानीयवासीलाई सजग रहन अपिल
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ...सेनाको लडाकू विमानद्धारा गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए
मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध...“काठमाडौँ ट्राफिकको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद”
काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा...म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ३८ जनाको मृत्यु
याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले...मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध...दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी
सोल । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको...आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः सहमहामन्त्री डा महत
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण...बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द
नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम...

प्रतिकृया लेख्नुहोस्:
- देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली
- बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः अर्थमन्त्री पौडेल
- म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ३८ जनाको मृत्यु
- मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल
- आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः सहमहामन्त्री डा महत