
कोरोना विरुद्धको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले लगाए खोप

-
-
माघ २५ गते, २०७७ - ०८:१८

काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो ।
आजको आर्थिक अभियान दैनिकमा खबर छ – खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।
बुधवारदेखि नै ३०० ओटा खोप केन्द्रबाट खोप लगाउने तयारी थियो । तर सबै केन्द्र खोपका लागि तयार गर्न नसकेपछि शुरूमा १२० केन्द्रबाट खोप अभियान शुरू गरिएको थियो । अभियानको अन्तिम दिनसम्ममा २०१ केन्द्र मात्र खोप भण्डारणका लागि तयार भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हत्या गरेर घाँसको भारीसँगै सडकमै पुरियो महिलालाई
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै...सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो
श्रीमान मन्त्री, श्रीमती नगर प्रमुख रौतहट । सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा...हानिकारक ग्याँस आयातमा कडाइ
काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने...नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन...ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका...मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमण : सुनसरीमा सबैभन्दा बढी
काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ...पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि
काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु
काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...
