Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नारायणहिटी प्रांगणमा ओलीको ‘मार्केटिङ’

काठमाडौं। दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौं, सुनेनौं भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले नौमती बाजा बजाएर शुभारम्भ गर्छ ।’ दुई वर्षपछि त्यस्तै ओलीको ‘ब्रान्डिङ’ गरेको तामझामपूर्ण दृश्य दरबारमार्गमा देखियो ।

सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन । बरु पार्टीभित्रको विवाद सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे र देशलाई राजनीतिक तनाव र मुठभेडतिर धकेलेका छन् । तर, यहीवेला उनी आत्मप्रशंसामा रमाएका छन् । संसद् विघटन गरेकै कारण उनको पार्टी नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।

ओली विभाजित पार्टीमा आफ्नो समूहका नेता–कार्यकर्ताबाट जयजयकार खोजिरहेका छन् । तब त ओली सभास्थलमा पुग्दा सभा सञ्चालन गरिरहेका ओली समूहका बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेलले नारा लगाए, ‘राजनेता केपी ओली– जिन्दावाद ! केपी ओली– जिन्दावाद ! केपी ओली हाम्रो आस्था हुन् !’ एक दिनअगाडि केपी बा आई लभ युको नारा लागेको थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयको प्रांगणअगाडि सडकमा सभा आयोजना गरेर शक्ति प्रदर्शन गरे । प्रदर्शनका लागि नारायणहिटीको प्रांगणबाट विवादास्पद यती समूहको व्यापारिक भवनतिर फर्काएर बनाइएको मञ्चमा उभिएर ओलीले भाषण गर्दागर्दै होहल्ला भएपछि केही समय रोकिनुपर्‍यो । यती समूहले ओलीकै सद्भावमा जग्गा लिजमा लिएर बनाएको भवनमा सभाको ‘डिस्प्ले’ राखिएको थियो । यहीँबाट ओलीले सुशासनको भाषण पनि सुनाए ।

दर्शकदीर्घाबाट भइरहेको हो–हल्ला उनकै जयजयकारमा थियो । त्यसरी हल्ला गर्नेका दुईवटा उद्देश्य देखिन्थे । पहिलो– लामो समय चिसो सडकमा बस्दाबस्दै असहज भएपछि उभिएर आराम गर्नु । दोस्रो– ओलीले भाषणमा के भन्छन् भनेर सुन्नेभन्दा पनि हल्ला गरेर उनैलाई खुसी बनाउनु । ओली आफै पनि यस्तै चाहन्थे !

सभाको मञ्चमा उभिएर भाषण गर्ने नेतादेखि गाना गाउने कलाकारसम्मका शब्दमा ओली नै थिए । दरबारमार्ग क्षेत्रको चारैतिर बिजुलीका पोलहरूमा समेत ओलीकै तस्बिरहरू राखिएका थिए । ओलीले गरेको संसद् विघटनमाथिका प्रश्न ढाक्न उनका ठुल्ठूला पोस्टर दरबारमार्ग क्षेत्रमा राखिएका थिए । जिल्ला–जिल्लाबाट गाडी चढेर सभामा आएकाले बिजुलीका पोलमा झुन्ड्याइएका ओलीका तस्बिरमा समृद्ध नेपाल देखे कि !

शुक्रबारको सभाबाट ओलीले केही विशेष घोषणा गर्ने भनेर आकलन गरिएको थियो । तर, त्यहाँ उनले घोषणा त के यसअघि बोल्दै आएकोभन्दा फरक केही उल्लेखनीय विषयसमेत बोलेनन् । केही मुद्दाहरूमा सफाइ दिने कोसिस गरे । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले केही दिनअघि माइतीघर मण्डलामा बोल्दै ‘राजतन्त्र र हिन्दूराष्ट्रकै विषयमा ओलीले केही घोषणा गर्ने सुनेको’ अभिव्यक्ति दिएका थिए ।

जवाफमा ओलीले ‘आफै लडेर फालेको व्यवस्था फर्काउँछ भन्नु आफ्नाविरुद्ध छरिएको भ्रम मात्रै भएको’ स्पष्टीकरण दिए । यसअघि लगाउँदै आएका विकास र समृद्धिका नारामा केही मसला थपेर दोहो¥याए । उनले दैलेखबाट पेट्रोल, डिजेल, नवलपरासी, तनहुँ र पर्वतबाट फलाम र स्टिल, जाजरकोटबाट तामा र बैतडीबाट फस्फोरसलगायत चिज उत्पादन गर्ने बताए । त्यति मात्रै होइन, उनले रासायनिक मलसमेत स्वदेशमा नै उत्पादन गर्ने भाषण गरे ।

उनले पूर्वआकलन गरिएजस्तै अहिलेको व्यवस्थाकै विरुद्धमा केही घोषणा त गरेनन्, तर त्योभन्दा बढी आफू शक्तिशाली शासक हुँ भनेर देखाउन अनेकौं शैली अपनाए । कतिसम्म भने उनी सभामा पुगेपछि राष्ट्रगान बजाइएको थियो । मञ्चमा आसीनदेखि मञ्चको तलपट्टि छेउमा राखिएका नेतासम्मले उनको आगमनलाई उभिएर सम्मान व्यक्त गरे ।

मञ्चभन्दा अग्लो देखिने गरी ओलीको पोस्टर राखिएको थियो । कार्यक्रम सञ्चालकले भद्दा जयजयकार गरे । ओलीले आफ्नै तस्बिर राखिएको बेलुन उडाएर शक्तिशाली भएको सन्देश दिन खोजे । सभामा प्रयोग गरिएका ब्यानर, झन्डा, टिसर्ट र ज्याकेटदेखि टोपीमा समेत ओलीकै तस्बिर राखिएका थिए ।

शुक्रबारको सभामा सत्ता र शक्तिको जति प्रदर्शन भइरहेको थियो त्योभन्दा बढी प्रधानमन्त्री ओलीमा लुकेको त्रास अभिव्यक्त भइरहेको थियो । मञ्चमा ओलीलगायत वक्ता र सीमित नेताहरूलाई राखिएको थियो भने बाँकीलाई मञ्चको दायाँपट्टि सडकमा कुर्सी राखेर बस्ने व्यवस्था गरिएको थियो । मञ्चअगाडिको ठूलो भाग खाली थियो ।

जहाँ प्रहरी र सशस्त्र प्रहरीसँगै पार्टीकै युवा संगठनका स्वयंसेवकको घेरा बनाइएको थियो । त्यसभन्दा बाहिर फलामे जालीको घेरा थियो । कतिसम्म भने समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत प्रवेश गर्न दिइएको थिएन । प्रेसको परिचयपत्र देखाउँदा समेत सञ्चारकर्मीका लागि छुट्याइएको स्थानमा जान दिइएन । पछिल्लोपटक ओली स्वतन्त्र सञ्चारमाध्यमप्रति निकै अनुदार छन् ।

उनले संसदीय व्यवस्थामा काम गर्न नपाएपछि संसद् विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हुने भन्दै एउटा गलत उदाहरण सुनाए । ‘बेलायतमा लिखित संविधान छैन अर्थात् त्यहाँ प्रधानमन्त्रीले संसद् विघटन गर्ने लेखेको छैन । तर, अस्ति भर्खर प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गराउनुभयो,’ उनले अगाडि भने, ‘प्रधानमन्त्रीले यसरी संसद् विघटन गर्छ काम गर्न दिइएन भने ।’

जब कि उनले भनेजस्तै बेलायतमा लिखित संविधान नभए पनि ‘फिक्स्ड टर्म पार्लियामेन्ट एक्ट’लगायत प्रावधानअनुसार प्रधानमन्त्रीले निश्चित सर्तहरू पूरा गरी संसद् विघटन गर्न पाउने व्यवस्था छ । साथै, यसो भन्दै गर्दा उनले आफ्नै आत्मप्रशंसाको खण्डन भएकोसमेत मेसो पाएनन् । उनले चीनसँग पारवहन सम्झौता गरेको, पूर्व–पश्चिम रेलमार्गको निर्माण गरेको र सुरुङ तथा सडक निर्माणलगायत आफूले समाजवाद ल्याउनका लागि तमाम काम गरेको भनेर गरेका कामको लामै फेहरिस्त पेस गरे ।

नेकपाको प्रचण्ड–नेपाल समूहले सभा गरेको दुई सातामै ओली पक्षले आयोजना गरेको प्रदर्शन र सभामा हजारौं नेता–कार्यकर्ता सहभागी भएका थिए । यसअघि प्रचण्ड–नेपाल समूहले काठमाडौंकै प्रदर्शनीमार्गमा ९ माघमा बृहत् सभा गरेको थियो । काठमाडौंको १६ स्थानबाट दुई घन्टासम्म लगातार निस्किएको जुलुसपछि दरबारमार्ग नारायणहिटी परिसरअगाडि आयोजित बृहत् आमसभामा जनलहरकै रूपमा उल्लेख्य सहभागिता देखेर उत्साहित प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफ्नो पार्टीले काठमाडौंमा अहिलेसम्मकै बृहत् सभा आयोजना गरेको दाबी गरे ।

बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको सभामा देशका अन्य जिल्लाबाट समेत ओली पक्षका नेता–कार्यकर्ता काठमाडौं ओइरिएका थिए । दक्षिणतिर नारायणहिटी गेटदेखि रत्नापार्कको घन्टाघर परिसरसम्म, पश्चिमतिर केशरमहल चोक तथा पूर्वतिर जयनेपाल हलसम्मको सडक प्रदर्शनका सहभागीले ढाकिएको थियो । प्रदर्शनमा विभिन्न जातिका सांस्कृतिक झाँकीका साथै थुप्रै अपांगता भएका व्यक्ति समेत सहभागी थिए ।

ओली पक्षका स्वयंसेवकले प्रदर्शन र आमसभाको व्यवस्थापन गरेका थिए । केन्द्रीय सदस्यद्वय महेश बस्नेत र विनोद श्रेष्ठको नेतृत्वमा ७५ वटा कमान्डमा बाँडिएका करिब तीन हजार स्वयंसेवकले व्यवस्थापनको काम गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले बताए । ७५ वटै कमान्डका टोलीनेताहरू आमसभास्थल र प्रदर्शनमा सञ्चार सेटसहित कार्यक्रम अवधिभर स्वयंसेवक परिचालनमा सक्रिय भएका थिए ।

ओलीले सभाबाट दुईवटा फैसला सुनाए । संसद् विघटनविरुद्धको मुद्दा अदालतमा छ भन्नेतिर ध्यानै नदिई उनले पहिलो फैसला सुनाए, ‘देश चुनावमा गयो । अब सरकार कसको नेतृत्वमा बन्छ चुनावले भन्छ ।’ लगत्तै अर्को फैसला सुनाए, ‘केहीलाई अहिले पनि मूल पार्टी कुन हो भनेर भ्रम परेको छ । आज हामी मूल पार्टी कुन हो भनेर देखाउन सडकमा आएका हौँ । यही मूल पार्टी हो, जसको म अध्यक्ष छु ।’ यही भएर होला ओली शुक्रबार अरू दिनभन्दा विपक्षीप्रति अलि उदार देखिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies