
कृषकलाई अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण

-
-
माघ २३ गते, २०७७ - १५:३०

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् । कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ । त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले जानकारी दिए । उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको कृषि प्राविधिक ओलीले बताए ।
यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ । गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन् । आकासेपानीको भरमा गरिने यहाँको खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन् । स्याउको बिरुवा रोप्नका लागि खाल्डो खनिसकेका कृषक पानी नपरेपछि बिरुवा रोप्ने की नरोप्ने भन्ने दोधारमा परेको गाउँपालिका–१ का कृषक लक्ष्मीप्रसाद पुनले बताए । यसपालि त घरबाटै पानी बोकेर खाल्डोसम्म पु¥याउन सकेमात्र बिरुवा लगाउन सकिने छ, नत्र भने बिरुवा मरेरै जाने उनले बताए ।
सिँचाइ अभावमा आकाशबाट पानी नपर्दा यहाँका नागरिकले यस्तो समस्या बारबार झेल्दै आएको वडा नं ६ काजरजङ्गका अर्का कृषक लक्ष्मी बुढाले बताए । आकाशबाट पानी नपर्दा यस वर्ष जिल्लाभरिकै कृषक समस्यामा परेका छन् । जिल्लाको माथिल्लो भेगमा गरिने स्याउखेतीसँगै जिल्लाभर नै लगाइएको गहुँबालीलाई ठूलो असर परेको छ । पानी नपरेपछि गहुँ बारीमै सुक्दै गएको सिस्ने गाउँपालिका–३ की मीना केसीले बताए । सिँचाइको अभावमा सधैँ समस्या झेल्दै आएका कृषक पानी नपरेपछि थप समस्यामा परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
१ थान पेस्तोल सहित दुई जना पक्राउ
नवलपरासी । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका–३...महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ: उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको...बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष...नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना
काभ्रेपलाञ्चोक । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग...प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न
विराटनगर । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा...धर्मगुरु पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न
बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको...भू–उपग्रहसम्बन्धी आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट
काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)...बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
काठमाडौँ । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल...भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...
