Khabar Dabali Logo
  March 1, Mon

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

चरीकोट । तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।

यही माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा आपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट सात वडाका दुई हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार सेवा लिनेमा एक हजार २०९ महिला र एक हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा दुई÷दुई जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । गाउँपालिका–१ भिरकोटका ३०५, वडा नं २ झुलेका ३१८, वडा नं ३ जफेका ४१२, वडा नं ४ मालुका ४०७, वडा नं ५ सहरेका ३००, वडा नं ६ च्यामाका ३३६ र वडा नं ७ हाँवाका २२६ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले वर्षमा दुई पटक छ महिनाको फरकमा घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरेको छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्यसेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । नागरिकलाई गाउँमानै सहज स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वडा नं ३ जफेमा ल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

सामान्य बिरामीले पनि रगत तथा अन्य परीक्षण गराउनका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाबाटै सो सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक मिश्रले बताए । यो सेवा प्रभावकारी बन्दै गएको पनि उनको भनाइ छ ।

माघ २२ गते, २०७७ - १६:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढुङगाले लागेर ५७ वर्षीय वलीको मृत्यु

रुकुम । त्रिबेणी गाउँपालिका–५ बस्ने ५७ वर्षीय झुपे वलीको ढुङगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।...   

फेवातालको तोकियो चार किल्ला: नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

कास्की । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल...   

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले...   

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो...   

पानीको बाल्टिनमा डुबेर १ वर्षीय आरुषको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ गंगा हल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका–४ घर भएकी...   
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते

ढाका । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई...   

कुटपिट गरी हत्या गरेको अभियोगमा २३ वर्षीय चौधरी पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही...   

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय...   

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको...   

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top