
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

-
-
माघ १० गते, २०७७ - ०८:११

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।
आजको राजधानी दैनिकमा खबर छ – भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।
गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल
काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए...नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको...महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट
काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका...नेपाली आकाशमै इन्टरनेटको सुविधा
काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने...नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक...ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा
काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । आजको...साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो
काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच...पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरसतमा
प्रतिबन्धयता १६ को मृत्यु काठमाडौं । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा...प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव
काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको...अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा
काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...
