Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आठ दिनसम्म होटेलमा बन्धक बनाएर दलित बालिकामाथि बलात्कार

झापा । झापामा गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मोरङ पथरी–शनिश्चरेका २५ वर्षीय प्रकाश कार्कीले दमकको एक होटेलमा बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको पीडित १५ वर्षीया बालिकाको भनाइ छ । बालिका दैनिक मजदुरी गरेर खाने विपन्न दलित परिवारकी हुन् ।

दबाब र प्रभावमा पारेर कार्कीले होटेलको कोठाबाट समेत निस्कन नदिई बलात्कार गरेको पीडित बालिकाले आरोप लगाइन् । कार्कीले बालिकाको घरछेउमा मजदुरी गर्थे । पीडित बालिकाका अनुसार कार्कीले १६ पुसमा घरनजिकै बोलाएर दमकस्थित कोरोनेसन एन्ड पार्टी प्यालेसको कोठा नम्बर १०१ मा राखेको र त्यहीँ २३ पुस अर्थात् बिहीबारसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप लगाइन् ।

‘दिउँसो घरमा गएर फूल दियो । बेलुका भेटौँ भन्यो । म त केही गर्दैन होला भनेर भेट्न गएँ,’ पीडित बालिकाले भनिन्, ‘भेटेपछि तँलाई बिहे गर्छु, आज होटेलमा गएर बसौं भन्यो । तर, मैले मानिनँ । पछि म मरिदिन्छु भन्यो । ऊ मर्‍यो भने त म फस्छु भनेर गएँ ।’

बालिकाले होटेलमा गएपछि कोठाबाट बाहिर समेत निस्कन नदिएको सुनाइन् । ‘बाहिर निस्कँदा अरूले देख्छन्, ननिस्की भन्थ्यो । मैले तँलाई कान्छी बुढी बनाएँ । म तँलाई विवाह गर्छु, विदेश जान्छु । त्यो वेलासम्म यहीँ बस्नु भन्थ्यो,’ उनले भनिन्, ‘एक पटक बाहिर निस्केको थिएँ । कुट्दै भित्र लग्यो । ममीलाई फोन गर्छुभन्दा पनि मानेन ।’ कार्कीले भारत लैजाने भन्दै आश्वासन समेत दिएको उनले बताइन् । ‘इन्डियामा मेरा मामाहरू हुनुहुन्छ । त्यहाँ जानुपर्छ । सुखले पाल्छु भन्यो,’ बालिकाले भनिन्, ‘मलाई पनि डर लाग्यो, उसले जे भन्यो त्यही मानें ।’

मादक पदार्थ सेवन गरेर जबरजस्ती शारीरिक सम्बन्धका लागि बाध्य बनाउने गरेको पनि उनको आरोप छ । ‘मातेर आएर जबरजस्ती गथ्र्यो, हुँदैन भन्दा कुट्ने धम्की दिन्थ्यो । मैले नमान्दा पनि तानेर जबरजस्ती गथ्र्यो,’ उनले भनिन् । छोरी हराएपछि उनका बुबाले हुलियासहित इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिए । काम गर्न आएका ती युवा पनि गाउँबाट हराएपछि परिवारले उनैमाथि शंका गरेका थिए ।

प्रहरीमा निवेदनसँगै उनीहरू युवाको घरमा समेत गए । ‘उसकी आमाले छोरासँग सम्पर्क गरिरहेकी रहिछिन् । हामीले प्रहरीकहाँ मुद्दा हाल्छौँ भनेपछि छोरालाई बिहीबार निकाले । नभन्दै मेरी छोरी पनि ऊसँगै रहिछ,’ उनी भन्छन्, ‘प्रहरीबाट तपाईंको छोरी भेटियो लिन आउनू भन्दै फोन आयो ।’

प्रहरी कार्यालय पुग्नुअघि कार्कीकी आमाले बालिकालाई बुहारी बनाउने वचनसहित ललाइफकाई गरेको र नमान्दा दलित भन्दै होच्याउने गरी गालीगलौज गरेको बालिकाले बताइन् । ‘सुरुमा भेट्ने बित्तिकै गाली गरिन् । पछि मलाई मेरो छोरालाई मुद्दा नहाल् भनिन्,’ बालिकाले भनिन्, ‘मलाई यस्तो गर्‍यो, म छाड्दिनँ भन्दै रोएँ । नमानेपछि तँलाई पनि जेठी बुढीमाथि आएकोमा जेल हाल्छन् । मेरो छोरोलाई पनि हाल्छन्, तँलाई बुहारी बनाउँछु, चुप लाग् है भनिन् ।’

दुई जना भेटिएपछि प्रहरी कार्यालयमा बालिकाका बुबाआमा र आफन्त आइपुगे । इलाका प्रहरी कार्यालय दमकमा सामान्य छलफल भयो । बालिकाका परिवारले केटाविरुद्ध कानुनी उपचार खोज्ने भन्दै प्रहरीसँग सल्लाह मागे । तर, प्रहरीले उल्टै गाली गरेको बालिकाकी भाउजूले बताइन् ।

‘हामीले कानुनी बाटो अपनाउँछौँ भन्दा पुलिसले खुरुक्क केटाकेटी जिम्मा लिएर जानू भन्दै हप्काए । हामीले त्यसै लादिनम् भन्दा तिमीहरू सबैलाई यहीँ थुन्छौँ भन्दै हप्काए,’ बालिकाकी भाउजूले भनिन्, ‘हाम्रो केही नलागेपछि बिहीबार जिम्मा लिएर घर गयौँ ।’ प्रहरीलाई यतिका आग्रह गर्दा पनि कार्कीलाई त्यसै छाडिदिएको उनले बताइन् ।

कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा परिवारले शनिबार जाहेरी दर्ता गरेका छन् । दमकका डिएसपी विजयराज पण्डितले भने, ‘दोष लगाउन जे लगाए पनि भयोे । हामीले जाहेरी दर्ता गरेका छौँ । मेडिकलका लागि पठाएका छौँ । अनुसन्धान सुरु भएको छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies