Khabar Dabali Logo
  January 25, Mon

नेता किमद्धारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि नेता अनले बताएको हो ।

उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले अमेरिकाले उत्तर कोरियासँगको सत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताएको हो ।

अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् । तर पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

उत्तर कोरियाली नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनमात्र अघि शनिबार यस्तो प्रतिक्रिया दिएको हो । उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए। दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो सत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताएका थिए।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो । त्यसैले गएका कैयौँ दशकपछि पछिल्लो पटक करिब तीन वर्ष अघि भने उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियोे ।सिन्ह्वा

पुस २५ गते, २०७७ - १३:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...   

आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...   

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...   

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन

बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...   

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...   

ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top