


दैलेखमा आयुर्वेद शिविरबाट ५०० ले लिए सेवा


-
-
पुस २२ गते, २०७७ - १२:३०

दुल्लु । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यसेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५१२ सेवाग्राहीले सेवा लिएका छन् ।
आयुर्वेद शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ महिला र १८६ पुरुषले परीक्षण गराएको जानकारी दिए । “हामीले गाउँगाउँमा आयुर्वेदिक जानकारी र जनचेतना जगायौँ भने अझै बढी मानिस त्यतातिर आकर्षित हुनेछन् । गाउँ र टोलमा आयुर्वेदिक आमा समूह गठन गरेर आयुर्वेदबारे जानकारी दिनुपर्छ । स्थानीय पाठ्यक्रममा समेत यो विषय समावेश गरिनुपर्छ”, चिकित्सक नेपालले थपे ।
शिविरमा ग्यास्ट्रिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग र हाडजोर्नी दुख्नेजस्ता समस्याको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा पुरुषभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद शाखाका आस प्राविधिक(कविराज) रामप्रसाद महत्तोले बताए । एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको उनले विश्वास गरे । “जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो”, उनले भने ।
शिविरमा अधिकांश बिरामीमध्ये बाथरोग र पाठेघर समस्या भएका महिला आएको शाखाकी बैद्य रीताकुमारी शाहीले बताए । उनले भने, “म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राखे । शिविरमा आएका महिलामध्ये ६० प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको छ । सेतो पानी बग्ने तथा तल्लो पेट दुख्ने गरेका महिला बढी भेटिए । १६ वर्षदेखि माथिका सबै महिलामा यो समस्या छ ।”
उनका अनुसार पश्चिमका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने, पोषण खानेकुरा खानबाट वञ्चित हुने तथा गहु्रङ्गो भारी बोक्ने कारणले गर्दा समस्या आएको हो । यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
