


लेकसाइडको ढलान बाटो शिलान्यास


-
-
पुस २० गते, २०७७ - १२:२९

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन् । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कूल लागतमा सम्पन्न हुने बताइएको छ । सो बाटोको परिधि कन्स्ट्रक्सनले पाँच महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालले जानकारी दिए ।
बाटो शिलान्यास गर्दै पहारीले पर्यटकीय शहर पोखराको लेकसाइडलाई थप आकर्षक गराउन पूर्वाधार विकासका लागि आफू उत्तरदायी भएर लागिरहेको बताए ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने जानकारी दिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्रै नभई समयअनुसार यसको रुपान्तरणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
पोखरा–६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्यमा सबैको एकता र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा होटेल एसोशिएसन नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यलगायतले निर्माण समयमै र गुणस्तरीयरुपमा हुनुपर्नेमा जोड दिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
