


वन फँडानीविरुद्ध कारवाही गर्न मुख्यमन्त्री राउतको निर्देशन


-
-
पुस १५ गते, २०७७ - १५:५०

महात्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फँडानी गर्ने भू–माफिया र मतियारविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका हुन् । त्यसअघि बर्दिवासवासीले यस भेगका सामुदायिक वन राजनीतिक संरक्षणमा मासिंदै गएकाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीले भने,“वन फँडानी गर्ने तस्कर र तिनका मतियारविरुद्ध कडा कारवाही गर्नोस् ।” वन फँडानीका घटनामा विगतमा राजनीतिक संरक्षण हुने गरेको स्वीकार्दै मुख्यमन्त्री राउतले अब दोषीलाई कारवाही गरेर छाड्ने बताए ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख फाँडिएपछि जारी पुस महिनाको पहिलो सातादेखि नै यहाँ दिनहुँ सोविरुद्ध प्रदर्शन र कारवाहीको माग हुँदै आएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले आफ्नो निजी जग्गाको रुख भन्दै सो कटानका लागि बर्दिवास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिकै सहमति पाएपछि पुसको पहिलो सातामा रातारात वन फँडानी भएको थियो ।
आचार्य र गौतमले साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास नगरपालिका–१) को कित्ता नम्बर–२ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) जग्गामा आफैँले रोपी हुर्काएको रुख कटानका लागि डिभिजन वन कार्यालय महोत्तरीमा स्वीकृतिका लागि गत असोजमै निवेदन दिएका थिए । सो निवेदनको प्रक्रियामा बर्दिबास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिले रुख काट्न मिल्ने सहमति दिएपछि डिभिजन वन कार्यालयले कटान आदेश दिएको थियो ।
यसैगरी डिभिजन वन कार्यालयले गलत सूचना र टिप्पणी लेख्ने आफ्नै सातजना कर्मचारीविरुद्ध कारवाही थालेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । बर्दिबासमा वर्सेनी वन क्षेत्र अतिक्रमण हुने क्रम भने बढ्दै नै गएको छ । गत वर्ष बर्दिवास–१, ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको प्लट नम्बर पाँचभित्र करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण भएको सीमाङ्कन गरिएको थियो । प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव पे्रमनारायण कँडेलकै उपस्थितिमा भएको सीमाङ्कनअनुसार अतिक्रमण हटाउन डिभिजन वन कार्यालय र सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले कुनै तदारुखता नदेखाएको बर्दिवासबासीको गुनासो छ ।
जिल्लामा जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको अभिलेख र स्रेस्ता रहेपनि वर्सेनी हुने वन अतिक्रमण र त्यसको रोकथाममा देखिएको उदासीनताले अब वन क्षेत्र करीब १६ हजार हेक्टरमा खुम्चिएको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले वन अतिक्रमणविरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएपछि केही हुने आश भने पलाएको बर्दिबासबासी बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...
