


चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीद्वारा बरामद


-
-
पुस १४ गते, २०७७ - १०:४४

किमाथाङ्का । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।
चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो । प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच÷छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।
मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा: एक पोखरी र एक वडा: एक चौतारीको अभियान शुरु गरेको छ ।...भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा...बस दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर...सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भए । करिब एक वर्षसम्म...कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
झापा । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार...महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा...कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष...विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको...दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी...चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...

प्रतिकृया लेख्नुहोस्:
- प्रदेश १ प्रदेशसभा बैठक, ओली र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ उपस्थित हुँदै
- कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
- कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
- विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
- सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते