Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय छन् ।

श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गरेका छन् । पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उनको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उनले बताए । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षीय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित भएका थिए । “एसएलसी उत्तिर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन”, श्रीसले भने, “गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।”

बाह्र वर्षअघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गर्नुभएका श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । शुरुमा मौरीपालनमा आकर्षित हुनुभएका श्रीसले मौरौपालन शुरु गरेपछि व्यावसायिकरूपमै कुखुरापालन गर्दै आएका छन् । ।

यही फागुनसम्म १०० घार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रीसले दुई वर्षदेखि तरकारी खेतीसमेत गर्दै आएका छन् । उनले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आएका छन् । “मौरीपालन मुख्य पेशा हो, आर्थिकरूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु, मौसम राम्रो हुँदा ७०० केजी मह उत्पादन हुन्छ, ७०० कुखुरा फार्ममा कहिलै टुट्दैनन्”, उनले भने, “यसपटक मौसम अलि राम्रो नभएका कारण रु चार लाखको मात्रै मह बिक्री गरेँ, कुखुराबाट वार्षिक रु चार लाख हाराहारीमा आम्दानी हुन्छ ।”

वार्षिकरूपमा मह, कुखुरा र तरकारी खेतीबाट रु १२ लाख जति आम्दानी गर्ने गरेको श्रीसले जानकारी दिए । आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा, आमा तथा श्रीमतीको सहयोग हुने गरेको छ । जनताको सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । योजना, बैठक तथा नगरपालिकाको काममा खटिँदा अघिल्लो दिननै काम घटाउने र बिहान सबेरै उठेर तरकारी टिप्ने, कुखुरालाई दाना हाल्ने गर्दछन् । लोकल यति सेरेना जातको मौरी पाल्दै आएका उनले चरण र हावापानीका लागि रिघा गाउँ उपयुक्त भएका कारण मौरी पालनमा भविष्य राम्रो भएको बताए । उनले घरबाटै प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएका छन् । उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उनको भनाइ छ ।

गत वर्ष मौरीपालनबाट कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको उनले बताए । श्रीसको फार्ममा उत्पादन भएको तरकारी हटिया, गुल्मीको वामी, खर्बाङ बजारमा बिक्री हुँदै आएको छ । यही एक महिनाको अवधिमा मात्रै रु ६० हजारको तरकारी बिक्री गरेको र टनेलमा फलेका गोलभेँडा, काउली तथा बन्दा बिक्री गर्न बाँकी छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies