Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

केही दिन बाँकी छँदै नयाँ वर्षको ‘पिकनिक’ चहलपहल

महोत्तरी । अङ्ग्रेजी महिनाको गणना (इस्वी सम्वत्) ले नयाँ वर्ष शुरु हुन केही दिन बाँकी छँदै महोत्तरी जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढेको छ । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ/नगर बस्तीमा नयाँ पिँढीका किशोर र युवाबीच ‘पिकनिक’ चहलपहल बढेको हो ।

जिल्लाका गाउँ÷नगर बस्तीमा अहिले किशोर र युवा पिकनिकका लागि आआफ्नो समूह बनाउन तल्लीन देखिएका छन् । आआफ्नो समूह बनाएका किशोर र युवा जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा अहिले पिकनिकका लागि स्थान चयन गर्न थालेका हुन् । पिकनिकको तयारीले वनक्षेत्रमा अहिले चहलपहल निकै बढेको छ । इस्वी सम्वत्को नयाँ वर्ष शुरु हुनै लागेको अवसरमा वनभोज आयोजन गर्ने समूहको रोजाइमा वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न थालेपछि अहिले जिल्लाको उत्तरी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको हो ।

अब केही दिनमै शुरु हुने नयाँ वर्ष २०२१ मा पिकनिक आयोजन गर्न बर्दिवास नगरपालिकाभित्रका पिकनिक स्पट (वनभोजस्थल) मानिएका कारे–गँगटे, पञ्चधुरा माइस्थान परिसर, रातुपुल, कालापानी, राईमण्डल, बाँके, टुटेश्वरस्थान र रजवासमा धमाधम ठाउँ छेक्किँदै छन् । पहिले नै ठाउँ छेकिएपछि टाढाटाढाबाट पिकनिक गर्न यस भेगमा आउने निर्णय गरेका किशोर तथा युवा समूहले भित्री जङ्गलका चौर र खोल्साखोल्सीका ठाउँ पनि छेकिरहेका छन् । पिकनिकस्थल रोजेका समूहले रोजिएको ठाउँ सरसफाइ गर्ने, सुकेका दाउरा सङ्कलन गर्ने र पाल टाँग्ने ठाउँ मिलाउन थालेका बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले बताए । “नयाँ वर्ष शुरु हुन त अझै चार दिन बाँकी छ”, ढुङ्गानाले भने, “तर हाम्रो वडाका पिकनिकस्थल अहिलेदेखि नै ठाउँ खोज्ने समूहको चहलपहलले भरिभराउ छन् ।”

जिल्लामा पिकनिकस्थल मानिएका ठाउँ धेरैजसो बर्दिवास–१, ३, ४, ५, १० र ११ नम्बर वडाका वन क्षेत्रभित्र पर्दछन् । यी ठाउँमा विक्रम सम्वत्को नयाँ वर्ष, इस्वी सम्वत्को नयाँ वर्ष र अन्य खास अवसरमा पिकनिक आयोजन गर्ने समूहको भीड नै लाग्ने गरेको ढुङ्गानाले बताए । बर्दिवासका यी ठाउँमा अहिले नयाँ वर्षको अवसरमा पिकनिकको ठाउँ छनोट गर्नेको लामो लर्को देखिएको छ । आउने शुक्रबार पर्ने नयाँ वर्षका लागि बर्दिबास–४ को पञ्चधुरामाई मन्दिर वरपरमात्र १०० टोलीले ठाउँ पक्का गरिसकेका वडाध्यक्ष दीपबहादुर कार्कीले बताए । अन्यत्र पिकनिक आयोजनका लागि कुनै शुल्कको व्यवस्था नगरिए पनि पञ्चधुरा माइमन्दिर, टुटेश्वरनाथ मन्दिर र कालापानी लक्ष्मीनारायण मन्दिर वरपर भने सःशुल्क ठाउँ दिने व्यवस्था छ ।

तोकिएका पिकनिकस्थलमा ठाउँ नपाएपछि कतिपय समूह वनक्षेत्रका चउर र खोल्साखोल्सी पनि रोजिरहेका छन् । तोकिएका पिकनिकस्थलमा ठाउँ नभेटेपछि वनक्षेत्रको खोल्सीको किनार सरसफाइ गर्न लागिएको बर्दिवासबाट ३० किलोमिटर दूरीको बलवा नगरपालिकाको पडौल बस्तीबाट पिकनिकस्थल रोज्न आएका राजकिशोर यादवले बताए ।

बर्दिवास पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र बर्दिवास जलेश्वर सडकको सङ्गम भएसँगै यातायातको सहजता र रमाइलो वनक्षेत्र भएकाले वनभोजका लागि धेरैको छनोटमा पर्ने गरेको छ । बर्दिवास नगरपालिका क्षेत्रका यी ठाउँमा खाना पकाउन दाउरा प्रशस्त पाइने र नदीनाला तथा ठाउँठाउँमा देखिने छाँगा हेर्न यही ठाउँ रोजिएको जिल्ला सदरमुकाम जलेश्वरबाट वनभोजको तयारीका लागि ठाउँ छनोट गर्न बाँके वनक्षेत्र आइपुगेको युवा टोलीका अगुवा विजयकुमार सिंहको भनाइ छ ।

खासखास अवसरमा वनभोजका लागि यी ठाउँ आम रोजाइमा पर्ने गरे पनि नगरपालिकाले पिकनिकस्थलको योजनाबद्ध विकासका लागि चासो भने नदिएको अहिले गुनासो बढेको छ । नगरपालिका क्षेत्रका पिकनिकस्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै सशुल्क ठाउँ दिने परिपाटी बस्ने र यसले नियमित आम्दानीको स्रोत बन्ने कुरा नगरपालिका नेतृत्वले बुझ्न आवश्यक रहेको बर्दिवास–१ की बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता प्रतिमा कोइराले बताए । यससँगै पिकनिकका लागि भित्री जङ्गलका चौर र खोल्साखोल्सीसमेत छेकिन थालेपछि वनक्षेत्रको सुरक्षामा पनि सचेतता अपनाउन आवश्यक देखिएको वनक्षेत्र वरिपरिका बासिन्दाको भनाइ छ ।

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पिकनिकस्थलको विकास, प्रवद्र्धन र प्रयोगबारे योजनाबद्ध काम थालिएको बताएका छन् । “हामीले नगरभित्रका प्रमुख धार्मिकस्थल, पर्यटकीयस्थल र पिकनिकस्थलको पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेका छौँ”, प्रमुख कार्कीले भने, “यद्यपि, केही ठाउँमा काम गर्न कानूनी जटिलता पनि छन्, हामी यिनको समाधान गर्दै काम बढाउन लागी परेका छौँ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies