Khabar Dabali Logo
  January 23, Sat

देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा, सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं । देशभरका स्वास्थ्यकर्मी विभिन्न १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन् । समितिका संयोजक डा. पोखरेलले केही दिनभित्र वार्ता गरी समस्या समाधान गर्ने बताए । नयाँ मन्त्री आएकाले वार्ताका लागि एक–दुई दिन लाग्ने उनको भनाइ छ ।

वार्ता टोली गठन भएको औपचारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई दिइएको छ । उनीहरूको तर्फबाट पनि वार्ताका लागि सम्बन्धित व्यक्तिको नाम मन्त्रालयले माग्ने भएको छ । कोभिड महामारीको समयमा खाइपाई आएको सेवा–सुविधा कटौती, जोखिम भक्ता नपाएकोजस्ता विभिन्न १८बुँदे माग राखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।

विगतमा पटक-पटक माग राख्दै आएको भए पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको नेतृत्वमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरूले आइतबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शन समेत गरेका छन् । आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।

यसअघि स्वास्थ्यकर्मीहरूले माग पूरा गर्न मन्त्रालयलाई २१ दिनको अल्टिमेटम दिएका थिए । सरकारलाई दिएको अल्टिमेटमको अवधिमा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

स्वास्थ्य क्षेत्रका २३ वटा पेसागत संघ–संगठनले ७ मंसिरमा मन्त्रालयलाई १८बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनलगायत संघ–संगठनले ऐक्यबद्धता जनाएका छन् ।

चिकित्सक संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मीले उठाएका माग जायज भएको बताए । यी मुद्दाहरू सीधा जनतासँग सम्बन्धित भएकाले सम्बोधन गरी तत्काल कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे ।

‘कति साथीहरूको मृत्यु भयो, कति आइसियूमा छन् कति आइसियूबाट बाहिर आए पनि काम गर्न नसक्ने अवस्थामा पुगेका छन्,’ यस्तो अवस्थामा पनि राज्यले स्वास्थ्यकर्मीप्रति ध्यान नदिएको बताउँदै अध्यक्ष कार्कीले भने, ‘ज्यान जोखिममा राखेर स्वास्थ्यकर्मी कोभिडसँग लडिरहेका छन्, तर राज्य चलाउने जिम्मेवार निकायहरूको ध्यान सत्तामा रहेको छ ।’

पुस १३ गते, २०७७ - ०८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...   

लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...   

सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे

काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...   

कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...   

नेपालीको भान्छा अचाक्ली महँगियो

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...   

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...   

बहस गर्ने वकिलको नाम नथप्न आदेश

न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...   
सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top