Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पहिलो चरणमा ९ लाखलाई खोप

काठमाडौं। सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ । खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन् । दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ । तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ ।

१५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत (एक करोड २७ लाख) लाई खोप दिने योजना बनाइरहेको डा. गौतमले बताए । १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए ।

२ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भए नेपालका लागि उपयुक्त र सहज हुने शाखाले जनाएको छ । खोप भण्डारणका लागि क्षमताकोे मूल्यांकन, आवश्यक स्थान र क्षमता, सरकारी तथा निजी क्षेत्रमा खोजी गर्ने काम भइरहेको छ । अपुग भण्डारण क्षमता विस्तारका लागि विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भवन निर्माण गर्न प्रस्ताव तयार गरी प्रक्रिया अघि बढाइएको डा. गौतमले बताए ।

खोप छिटो ल्याउन खोप सुविधा सरकार–सरकारबीच सम्झौता, सरकार र कम्पनीबीच पनि ल्याउन सकिने छ । त्यस्तै, निजी क्षेत्रबाट पनि तोकिएका परिधिभित्र रही खोप ल्याउन सकिने व्यवस्था गर्न लागिएको जनाइएको छ । खोप आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र मन्त्रालयका सचिवहरू सम्मिलित सहजीकरण समिति गठन भइसकेको छ । कोरोना खोपसम्बन्धी विज्ञ समूहले पनि कार्य गरिरहेको जनाइएको छ ।
तीन खोपलाई अनुमति

अहिलेसम्म २ सय ८७ वटा खोप परीक्षण भइरहेको छ । जसमध्ये ६३ वटा मानवमा परीक्षण भइरहेको छ । जसमध्ये तीनवटा उत्पादक कम्पनीको खोपले मात्र अनुमति पाएको छ । फाइजरबाट उत्पादित खोपलाई बेलायतलगायत १४ मुलुकले मान्यता दिइसकेका छन् । मोडेर्नाबाट उत्पादित खोपलाई अमेरिका र क्यानडाले मान्यता दिएका छन् । साइबोफार्मबाट उत्पादित खोपलाई संयुक्त अरब इमिरेट्स, चीन र बहराइनले मान्यता दिई प्रयोग गरिरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies