Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

तौल र गुणस्तरमा ठगिँदै उपभोक्ता

महोत्तर । “बजारबाट ल्याएको कुनै सामान घर ल्याएर जाँच्दा पुग्दैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ की गृहिणी रामसागर देवीको गुनासो छ । जिल्लाका गाउँनगर बस्तीका बजार र पसलमा परम्परागत ढक र तराजुको प्रयोग नहट्दा रामसागर देवीजस्ता अधिकांश गृहिणी र बजारु उपभोक्ता तौलमा ठगिँदै आएका छन् । बजार अनुगमन नहुँदा तौलमा मात्र नभएर वस्तुको गुणस्तरमा समेत ठगिँदै आइएको आम उपभोक्ताको गुनासो छ ।

खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । किराना दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरिएको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायत दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलँदा सधैँ घट्ने गरेको भङ्गाहा–४ कै गृहिणी गुनाज खातुन बताए । साप्ताहिक हटियामा तरकारी बेच्न त ढुङ्गे ढक र परम्परागत तराजु नै वर्षौँदेखि प्रयोग हुँदै आएको खातुनको थप गुनासो छ । किनेर ल्याइएका खानेतेल, चामल, पिठो, मैदा र धुलो मसलासहित खाद्यवस्तु त राम्रो भनेर ल्याइने गरिए पनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

बजार क्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै बर्दिवास नरपालिका–९ पशुपतिनगरकी गृहिणी दिपियादेवी महतोले बताए । यसरी परम्परागत तराजु र ढुङ्गे ढकको तौलले सामान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताको गुनासो छ ।

बजार र पसलमा नापतौल र वस्तुको गुणस्तर अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीय तहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताहरुको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घसंस्था र निकायको उदासिनताले बजारमा बेथिति बढेको नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेलले बताए ।

खासमा प्रत्येक स्थानीय तहमा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि कामबारे चासो नदेखिँदा बजारको बेथिति बढेको आम उपभोक्ता बताउँछन् । धेरैजसो स्थानीय तहमा यो समिति नै नबनेको र बनेका केही ठाउँमा पनि वर्षको एकाध पटक चाडपर्वको मुखमा बजार डुलेर झारा टार्ने गरेका गौशाला–८ की गृहिणी रीता उपाध्यायले बताए ।

यता बर्दिवास उद्योग वाणिज्य सङ्घले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्याका व्यापारी सम्पर्कमा नआएका जनाएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारवाही बढाइने सङ्घका महासचिव भवनाथ खतिवडाको भनाइ छ ।

जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भए पनि सो कार्यालय सदरमुकाम जलेश्वरभन्दा बाहिर निस्कन नसकेको आम गुनासो छ । जलेश्वरमै पनि दशैँ, तिहार र छठपर्वताका दुई÷चारवटा पसल पुग्नेबाहेक उपभोक्ताले सुधार महसुस गर्ने गरी अनुगमन नभएको जलेश्वर–१ का सामाजिक कार्यकर्ता विनोद पासवानले बताए ।

यता बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले समय–समयमा बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर र नापतौलको अवस्थाबारे अनुगमन गरिँदै आइएको बताएका छन् । जनशक्तिको अवस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अनुगमन गरिने भएकाले जिल्लाका सबै बजारमा भने पुग्न नसकिएको गौतमको स्वीकारोक्ति छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies