


घाइते खेलाडी गुरुङलाई रु २ लाख सहयोग


-
-
पुस ९ गते, २०७७ - १२:०२

धरान । अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उनको अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उनको उपचारका लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधबार खेलाडी गुरुङलाई सङ्कलित रकम हस्तान्तरण गरे ।
सोही अवसरमा धरान उपमहानगरपालिका– १८ का वडाध्यक्ष प्रवीण राईले रु १५ हजार र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गरेका थिए ।
यसैगरी नेपाल बास्केटबल लिगबाट रु १० हजार, झापा बास्केटबल सङ्घबाट पाँच हजार, हिमालयन मेगा कलेजबाट पाँच हजार र होप धरानले सङ्कलित रु २७ हजार ४१० पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको बास्केटबल सङ्घ धरानका सचिव विकास चाम्लिङले जानकारी दिए ।
सङ्घका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको बताए । कार्यक्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले राष्ट्रका लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्छ भने ।
सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश नं १ का उदीयमान खेलाडी हुनुहुन्छ । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट(एसिएल) पूर्णरुपमा च्यातिएको छ । मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् । खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा रु तीन लाख खर्च हुने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
