


मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना


-
-
पुस ७ गते, २०७७ - १६:३२

बलेवा । बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् ।
हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ । सामाजिक र पारिवारिक रुपमा अन्तरविरोध सिर्जना नहोस् भनेर प्रहरीले मिलापत्र गराउने गरेको छ । घरेलु हिंसाकै नौ घटना जिल्ला अदालत बागलुङमा मुद्दाको रुपमा दर्ता भएका छन् ।
पछिल्लो वर्षका कुनै पनि मुद्दा फैसला भएका छैनन् । जिल्ला अदालत बागलुङका अनुसार मुद्दाका प्रतिवादी धरौटी र तारेखमा रिहा भएका छन् । पछिल्लो पटक भएका आठ घरेलु हिंसाका घटना मुद्दा दर्ताको प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बागलुङमा मानवअधिकार हननका घटनामा केही कमी आएको छ । कोरोना महामारीका कारण भएको लकडाउन र त्यसयता कोरोनाले पारिरहेको प्रभावका कारण घटनामा कमी आएको सरोकारवाला बताउँछन् । गत वर्ष सोही अवधिमा बागलुङमा १११ मानवअधिकार हननका घटना भएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले तयार पारेको तथ्याङ्क हेर्ने हो भने यो वर्ष ६६ घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । “महामारीको समयमा घरेलु हिंसा थप बढेका छन्, तर खुलेर आएनन्”, इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले भने, “यो समय विशेष गरी महिला र बालबालिकाका लागि सकसपूर्ण रह्यो ।”
बाल अधिकार उल्लङ्घनका ६, बलात्कार तथा यौन दुव्र्यवहारका ४, बालविवाह १, अपहरण तथा शरीर बन्धक १, बलात्कार ३, वैवाहिक बलात्कार १, बलात्कार प्रयास २, बहुविवाह ४, परिवारजनबाट हत्या १, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घन १, राजनीतिक अधिकार ४ र गाली बेइज्जतीका १ घटनाको उजुरी प्रहरीमा परेको तथ्याङ्क छ ।
“मानव अधिकारको रक्षा र प्रयोगका लागि नागरिक आफै सचेत हुन जरुरी छ” प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, “जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटनालाई कम गर्ने प्रयास भइरहेको छ ।” मानवअधिकार वर्ष पुस्तकका लागि तयार भएको तथ्याङ्कमा आत्माहत्या दुरुत्साहन र लकडाउनका बेला भएका खानलाउन र बस्न पाउने अधिकार उलङ्घनका घटनाको भने तथ्याङ्क समावेश छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...
