


त्रिरत्न छोर्तेनबाट वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई कपडा र खाद्यान्न सहयोग


-
-
पुस ७ गते, २०७७ - १२:१५

गण्डकी । मुस्ताङको उपल्लो भेगस्थित न्याम्डो त्रिरत्न (छोर्तेन) पुनःनिर्माण समितिले पोखरामा विभिन्न वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।
लोमन्थाङ गाउँपालिका–४ न्याम्डो गाउँस्थित उक्त समितिले पोखराको लेखनाथमा रहेका अपाङ्गमैत्री समाजमा आवद्ध ३१ दृष्टि क्षमता कम भएका व्यक्तिलाई न्यानो कपडा ब्लाङ्केटसहित खाद्यान्न वितरण गरेको हो ।
त्यस्तै समितिले पोखरा महानगरपालिका–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम, १७ को पोखरा वृद्धाश्रम र मानवसेवा आश्रम, १५ को राष्ट्रिय परोपकार महासङ्घ र १८ बाच्छेबुडुवाको बात्सायन वृद्धाश्रममा ६५ बोरा चामल वितरण गरेको छ ।
उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै त्रिरत्नको संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असाहय वृद्धवृद्धालाईसमेत सानो भए पनि सहयोग गर्ने उद्देश्यअनुरुप ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले जानकारी दिए ।
न्यानो कपडा र खाद्यान्न पाएकोमा आफूहरू निकै खुशी भएको अपाङ्गमैत्री समाजका सदस्य सुशील गोदारले जानकारी दिए । आगामी दिनमा पनि पोखरा र आसपासका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको लागि सहयोग जुटाएर वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
