


अध्यक्ष बन्न प्रस्ताव आएपछि वामदेव आन्तरिक परामर्शमा


-
-
पुस ५ गते, २०७७ - ०७:०२

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैंसेपाटीस्थित निवासमा सुझाब लिएका छन् ।
सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाब दिएका थिए । ओलीको प्रस्तावबाट गौतम फेरि एकपटक तरंगित भएका छन् । यद्यपि, यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।
प्रधानमन्त्री ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरेकाले सो विषयमा छलफल भइरहेको जानकारी दिए । ‘एक व्यक्ति ः एक पद र विधि र पद्धतिको एजेन्डामा सहमति जनाएर अहिले माधव कमरेडलाई अध्यक्ष बनाउँदा माधव र प्रचण्ड कमरेड समूह मात्रै खुसी हुने अवस्था छ ।
तर, त्यसो गर्दा प्रधानमन्त्रीको विचार समूह खुसी नहुने र सम्झौता पनि नगर्ने अवस्था बन्यो, जनमत र चुनावी घोषणापत्रलाई ख्याल गर्दै प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्ने कुरा पनि भएन,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले नयाँ पत्रिकासँग भने, ‘यो अवस्थामा केपी र माधव कमरेडका दोस्रो तहका केही नेताहरूले वामदेव कमरेडलाई अध्यक्ष बनाउँदा समस्या समाधान हुन सक्छ भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक मानेर अगाडि बढाउन निर्देशन दिनु भएको सन्देश आएको छ । त्यसैले उहाँ (गौतम)ले हामीलाई छलफलका लागि बोलाउनु भएको थियो, उहाँले ती कुराहरू हामीलाई जानकारी गराउनु भएको छ ।’
छलफलमा सहभागीले पार्टीमा अहिले रहेको तीनवटै समूहको साझा अध्यक्ष बन्ने गरी अगाडि बढ्न सुझाब दिएको पनि बताए । ‘हामीले त्यसरी आएको प्रस्ताव स्विकार्दा केपी ओलीको मात्रै अध्यक्ष भइन्छ । त्यसबाट उता (ओलीतिर) सचिवालयमा गणना हुँदा पाँच–चार अंंक गणित मात्र हुने हो, तर त्यसले अहिलेको संकट समाधान हुँदैन । त्यसैले केपी, माधव र प्रचण्ड तीनजनाले नै सहमति जनाउने अवस्थामा मात्र जिम्मेवारीका लागि तयार हुनुपर्छ भनेका छौँ,’ पराजुलीले भने, ‘त्यसपछि महाधिवेशनसम्म कसरी जाने, सरकार कसरी सञ्चालन गर्ने भन्ने प्रस्टता हुन्छ भन्ने सुझाब दिएका छौँ ।’
गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले पनि गौतमलाई अध्यक्षको अफर आएको पुष्टि गर्दै प्रचण्ड र नेपालसहित सचिवालयका पाँचै नेतासँग समन्वय गर्न र पार्टी बैठकबाटै प्रस्तावमा निर्णय गराउन सुझाब दिएको बताए ।
‘पहिलो कुरा, प्रधानमन्त्रीले आफ्नो कमजोरी स्विकार्नुपर्छ । त्यसपछि मात्र अरू प्रक्रिया अगाडि बढ्ने हो । वामदेव कमरेड एकता बिग्रिन्छ कि भन्ने विषयमा सजग हुनुहुन्छ । अहिलेसम्म त्यही (प्रचण्ड–नेपाल) टिममै हुनुहुन्छ । हामीले त्यहाँभित्र सबैलाई संयमता अपनाऔँ, पार्टी बैठकमै सबै छलफल गरौँं, बाहिरभन्दा पार्टी बैठकले नै सबै कुराको निक्र्योल गर्छ भन्ने सुझाब दिएका छौँ,’ बाँस्कोटाले भने, ‘अहिले अध्यक्ष को हुनेभन्दा पनि संकट कसले सिर्जना गर्यो भन्ने विषय महत्वपूर्ण हो । अहिलेको संकट कमरेड केपी र प्रचण्डले सिर्जना गर्नुभएकाले निवारण पनि उहाँहरूले नै गर्ने हो । दुवै बसेर कमजोरी सच्याउनेतिर जानुपर्छ । व्यक्ति फेरेर मात्रै त के हुन्छ र ?’
उता माधव नेपालनिकट स्रोतका अनुसार महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाललाई पनि भेटेर अध्यक्षका लागि तयार रहन प्रस्ताव गरेका थिए । तर, पछिल्लो पटक गौतमलाई अध्यक्ष बनाउने विकल्पमा महासचिव पौडेल, स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, पोखरेल, योगेश भट्टराईलगायतले छलफल चलाएका छन् । उनीहरूबीच प्याकेज मस्यौदा बनाउनेसम्मका विषयमा शनिबार साँझ महासचिव पौडेलनिवास भैंसेपाटीमा लामो छलफल समेत चलेको छ ।
यो विकल्पमा पूर्वमाओवादी समूहबाट गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा समेतको सहमति रहेको एक नेताले दाबी गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...

प्रतिकृया लेख्नुहोस्:
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
- बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
- चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन