बलेवा । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन् । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ ।
झुटो विवरण पेश गरेर नागरिकता बनाउने बागलुङ नगरपालिका वडा नं ६ का पंकज सापकोटा यसअघि नै पक्राउ परेका थिए । उनीसहित अन्य दुई पक्राउ परेका थिए भने वडाध्यक्षसहितका तीन फरार छन् । सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो ।
सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सापकोटासहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो । उक्त मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ । शुक्रबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् ।
उक्त मुद्दामा वडा नं ४ का अध्यक्ष धु्रवबहादुर केसीसहित वडासचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षकलगायतलाई अदालतले तीन साताअघि पक्राउ आदेश दिएको थियो । प्रहरीले सापकोटासहित आचार्य र वडासचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडाध्यक्ष केसीसहितका अन्य व्यक्ति भने फरार छन् ।
जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर नागरिकता लिने सापकोटा नागरिकता लिएकामा रु ५० हजार र राहदानी लिएकामा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने आचार्यलाई रु ३० हजार धरौटीमा छुटाउने आदेश दिइएको हो । वडासचिव खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: