


सरकारले संसद् अधिवेशन छलेर अध्यादेश ल्याएको कांग्रेसको आरोप


-
-
पुस ३ गते, २०७७ - १४:५३

काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो । सरकारले संसद् अधिवेशन छलेर सो अध्यादेश ल्याएको कांग्रेसको आरोप छ ।
बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा भएका अनियमितता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाही गर्न माग गरेको उनले बताए।
कांग्रेसले उखु किसानको बक्यौता रकम चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुठो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्सर्ना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...

प्रतिकृया लेख्नुहोस्:
- आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
- नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
- सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
- माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
- दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी
- तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली
- थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली
- आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु, प्रधानमन्त्रीले भर्चुअल विधिबाट शुभारम्भ गर्ने
- दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
- घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
- बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
- शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह