Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म

खबरडबली संवाददाता

पोखरा । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका-३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि अनुकरणीय बनेका छन् । 

स्नातकसम्म्को अध्ययन गरेको उनी आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बनेका हुन् । 

विगत चार वर्षअघि तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका-३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् ।

आफ्नो् फर्मअन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उनले जानकारी  दिए । 

“फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु”, उनले भने, “मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ ।” 

उनले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५/९६ हजार  सम्ममा बिक्री गरेका थिए । व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०/६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

व्यावसायिक कृषिमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाएको खरबुजा अब उत्पादन दिने क्रममा छ । 

अघिल्लो वर्ष परीक्षणस्वरुप १५/२० बोट लगाएका उनले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गरे । 

सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको भन्दै उनले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाए । आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ । 

उनलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन् । सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उनको बुझाइ छ । 

राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उनले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गरे । थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ ।

बजारीकरणमा खासै समस्या छैन

उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताए । आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उनले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने धारणा राखे ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउछन् । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । 

सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन् । 

कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ ।

जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका खेतीयोग्य भू-भाग खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन आदिबाट पनि आम्दानी गर्न सकिने किसान बताउँछन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending