Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’ मा नेपालको सफलता

कास्की । पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्ष अघिदेखि नै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’का लागि अभ्यास शुरु गरेका थिए । गुहाटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगित भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन ।

डिसेम्बर ४ देखि ७ तारिखसम्म भारतको महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त हुनुभयो तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खाने बस्ने सुविधा आयोजकको भए पनि आउने÷जाने खर्च स्थलमार्गबाट जाँदा नै रु तीन लाख खर्च हुन्थ्यो ।

डेढ वर्षदेखिको परिश्रम खेर जान नदिन खेलाडी आफैँले पैसा जोहो गरेर भए पनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । नेपाल पावर लिफ्टिङ एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत रु एक लाख उपलब्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्बर २ मा प्रतियोगिताका लागि प्रस्थान गरे ।

नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुशी ल्याउन सफल भएका छन् । नेपाली खेलाडीले २१ औँ संस्करणको वल्र्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरोनाले अप्ठेरो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् ।

“कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नुपर्दछ भन्नेमा सबै दृढ थियौँ”, च्याम्पियनसीपमा सिनियरतर्फ ८२ दशमलव ५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएका गुरुङले भने, “आर्थिकलगायत समस्या झेलेर भए पनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झण्डा फहराउन पाउँदा खुशीको सीमा रहेन ।”

पावर लिफ्टिङ च्याम्पियनसीपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी भएको थिए । हसनसहित जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुम्नुभयो । सिनियरतर्फ १०० केजीमा राजेश सुवालले रजत पदक जित्न सफल भएका थिए ।

पावर लिफ्टिङ एशोसिएशन दुई वर्ष अघिमात्र राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको खेल सङ्घ हो । देशभित्र यस खेलका खासै प्रतियोगिता हुँदैनन् । केही खेलाडीले व्यक्तिगत सम्पर्कका आधारमा विदेशमा गएर खेल्ने गरे पनि पहिलोपटक पावर लिफ्टिङ एशोसिएशनले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो ।

नेपालले औपचारिकरुपमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता अहिलेसम्मकै पहिलो र ऐतिहासिक हो । एशोसिएशनमा पनि पावर लिफ्टिङमा खेलाडीले पदक जितेको रेकर्ड छैन । प्रतियोगितामा सिनियरतर्फ रजत पदक विजेता खेलाडी सुवाल आर्थिक समस्याका कारणले प्रतियोगितामा सहभागिता अनिश्चित रहेको अवस्थामा खेलाडीले आफ्नै खर्च र मिहिनेतबाट भए पनि सहभागिता जनाएर देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाउँदा खुशी लागेको बताए ।

खेलका लागि आवश्यक डाइट (पौष्टिक खानेकुरा) देखि खेल सामग्री र प्रतियोगितामा जाने खर्चसमेत आफ्नै भए पनि प्रतियोगितामा सहभागी हुनु नै देशको लागि गर्वको विषय हुन्छ भनेर खेलेर सफलता मिल्दा थप आनन्द लागेको उनको अनुभूति छ । उनले भने, “हामी राष्ट्रिय खेलाडी हौँ, लामो समयदेखि प्रतियोगिताका लागि भनेर मेहनत र खर्च भएकाले कोरोनाका कारणले हामी मौका गुमाउन चाहन्नथ्यौँ । नेपालीको इज्जत जोगाएर फर्कनुपर्दछ भन्ने थियो । मिहिनेत गरेअनुसार सफलता मिल्यो, भाग्यले पनि साथ दियो ।”

खेलाडीले पावर लिफ्टिङका लागि भनेर खेल सामग्री प्राप्त नभएकाले जिमका सामानबाट अभ्यास गर्दै आएको बताउँछन् । विदेशमा पावर लिफ्टिङका लागि उचाल्ने खेल सामग्री पातलो प्लेटको हुन्छ तर नेपालमा छैन । नेपाली टोलीका प्रशिक्षकसमेत रहेका एशिएन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष जीवन गिरी नेपालले पाएको सफलता ऐतिहासिक रहेको बताए ।

सो प्रतियोगिताका लागि शुरुआतमा २५ देशले नाम टिपाए पनि अन्तिम समयमा कोरोनाका कारण उडान समस्यालगायतका कारणले ११ देशले प्रतिष्पर्धा गरेका थिए । शारीरिक सुगठन(बडी विल्डिङ)तर्फभन्दा पावर लिफ्टिङमा नेपालको खेल सम्भावना बढी रहेको गिरीको भनाइ छ । देशभित्र पावर लिफ्टिङका प्रतियोगिता आयोजना गरेको खण्डमा नयाँनयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको उनको भनाई छ ।

प्रशिक्षक गिरीले भने, “पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरेको खण्डमा धेरै राम्रा खेलाडी आउने निश्चित छ, सरकार तथा राखेपले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यसलाई समावेश गर्नुपर्दछ, खेलाडी उत्पादनमा लाग्नुपर्दछ ।”

नेपाल पावर लिफ्टिङ एशोसिएशनले अब पावर लिफ्टिङ खेललाई देशभित्र व्यवस्थित र योजनाबद्ध हिसाबले अघि बढाउने र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । पहिलो पटक देशको प्रतिनिधित्व गरेर खेलाडीले प्राप्त गरेको उपलब्धिबाट यस खेलको विकासमा मद्दत पुग्ने विश्वास एशोसिएशनले लिएको छ । एक वर्षभित्रमा देशका सात प्रदेशमा सात प्रादेशिक प्रतियोगिता गरेर प्रत्येक प्रदेशबाट पाँच जनाका खेलाडी छनोट गरेर छनोट भएकाका बीचमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएको एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले बताए ।

उनले भने, “हामी एक वर्षभित्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने वातावरण निर्माण गर्छौंं । राष्ट्रिय खेलकूदमा समेत समावेश गर्न सरकारलाई आग्रह गरेका छौँ ।” खेलाडीको सफलताबाट उत्साहित एशोसिएशनले पोखरामा कार्यक्रम आयोजना गरी खेलाडीलाई नगर परिक्रमा गरी सम्मानसमेत गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies