Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

धार्मिक पर्यटन प्रवद्र्धनका लागि मदारबाबा क्षेत्रमा केवलकार सञ्चालन गरिने

परासी । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो ।

मदारबाबा थान (समाधीस्थल) पुग्न महलबारी बजारबाट पहाड र जङ्गल हुँदै करिब तीन घण्टाको उकालो चढ्नुपर्ने हुन्छ । व्यवस्थित सडक नहुँदा भक्तजन घण्टौँ जोखिमपूर्ण पैदलयात्रा गरेर समाधीस्थल पुग्ने गरेका छन् । महलबारीबाट समाधीस्थलसम्म जाने यात्रुलाई सहजताका लागि केवलकार सञ्चालन गर्न लागिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

“हामीले स्थानीय तहको चुनावका क्रममै घोषणापत्रमा यहाँ आउने भक्तजन र पर्यटकलाई आवातजावतमा सहज बनाउन केवलकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थियौँ, सोहीअनुसार प्रक्रिया शुरु गरेका छौँ”, उनले भने, “केवलकार सञ्चालनका लागि व्यवसायीहरू आएर लगानी गर्ने इच्छा देखाउनुभएको छ” ।

सुस्ता–२ महलबारीबाट समाधीस्थलसम्मको नौ किलोमिटर बाटो हाल जोखिमपूर्ण पैदलयात्राबाट जानुपर्ने बाध्यता छ । समाधीस्थलमा पुगेर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ यहाँ प्रत्येक वर्ष नेपाल र भारतका लाखौँ भक्तजन आउने गरेका छन् । यहाँ शिवरात्रिभन्दा नौ दिनअघिदेखि ठूलो मेला लाग्ने गर्दछ । दश दिनसम्म लाग्ने मेला शिवरात्रिको दिन समापन हुन्छ ।

यस पवित्रस्थलमा बाह्रै महिना पर्यटकको आकर्षण बढाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले केवलकार सञ्चालनको प्रक्रिया थालेको जनाएको छ । पैदलयात्रा नै गरेर दर्शनका लागि समाधीस्थल पुग्न चाहने भक्तजनको सुविधाका लागि पनि महलबारीबाट समाधीस्थलसम्म सिँढी निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले उल्लेख गरे । समाधीस्थलसम्म पुग्ने बाटो वन क्षेत्रमा पर्ने भएकाले सिँढी निर्माणका लागि वन विभागसँग स्वीकृतिका लागि पठाइएको उनले बताए । गढीमाईपछिको सबैभन्दा ठूलो मेला लाग्ने यस स्थलमा अप्ठ्यारो सडकसँगै खानेपानी, बिजुली, शौचालयको समेत समस्या छ ।

यस क्षेत्रको विकास, संरक्षण र जर्गेनाका लागि गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरी लगानी गर्दै आएको अध्यक्ष पाण्डे बताए । गत वर्ष रु २५ लाख विनियोजन भएकामा कोरोना महामारीका कारण काम गर्न नसकिए पनि यस वर्ष निरन्तरता दिने उनले बताए । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । तीनै तहका सरकारको साझेदारीमा यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

मुस्लिम समुदायका लागि नेपालकै ठूलो र पुरानो ऐतिहासिक मदारबाबास्थलमा हरेक वर्ष फागुन महिनामा लाग्ने मेलामा पाँच लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको मदारबाबास्थलका मठाधीश अमिरुल्लाह अन्सारीले बताए । विशेषगरी सन्तान नहुनेहरुले यहाँ आएर दर्शन गर्दा सन्तान प्राप्ति हुने गरेको जनविश्वास छ । यसबाहेक अन्य बिरामीले यहाँ आएर भाकल गर्ने गरेका छन् ।

यहाँ आउने पर्यटक एक दिन बास बसेर जाने गरेका छन् । तर समाधीस्थलमा बासको राम्रो व्यवस्था छैन भने पिउन तथा स्नान गर्न पानीको सुविधा छैन । बिजुली नहुँदा टुकीको भरमा प्रार्थना तथा पूजा गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रको संरक्षण कुतबुल मदार शाह दरगाह कमिटी महलबारीले गर्दै आएको छ । मठाधीश अन्सारीका अनुसार यो स्थल मदारबाबाले तपस्या गरेको क्षेत्र हो । आजभन्दा ६०० वर्ष पहिला मदारबाबा यस स्थलमा आएर तपस्या गर्नुका साथै आफ्ना शिष्यहरुलाई सन्देश दिने र मानवसेवामा क्रियाशील थिए । शुरुमा महलबारीमा रहेको गद्दी घरमा बाबा बस्ने गरेको तर त्यहाँ भीड बढ्न थालेपछि माथि पहाड हालको समाधीस्थलमा गएर तपस्या र सेवा गर्ने गरेको किंवदन्ती छ । उनका शिष्य र अनुयायी हिन्दू तथा इस्लाम दुबै धर्मका रहेकाले आज पनि यस स्थलमा सबै धर्मको उत्तिकै आस्था र विश्वास रहेको छ ।

विश्वका १०३ देशमा भ्रमण गर्ने क्रममा मदारबाबाले नवलपरासीको यस मदारडाँडा र बुटवलको फूलबारीमा पनि तपस्या गरेको बताइन्छ । भौगोलिकरूपले विकट तथा वर्षको एकपटक मात्र मेला लाग्ने गरेकाले यस क्षेत्रको उचित प्रचारप्रसार र विकास हुनसकेको छैन । केवलकार सञ्चालन भए यहाँ आउने पर्यटक थप बढ्ने र आवातजावतमा सहज हुने मठाधीश अन्सारीले बताउनुभयो । यद्यपि पैदलयात्रामा रमाउनेका लागि सिँढी पनि आवश्यक रहेको उनले बताए ।

विश्वकै धेरोहरका रूपमा रहेका यस स्थलको विकासका लागि तीनै तहका सरकारले ठोस योजनाका साथ कार्य गर्नुपर्ने कुतबुल मदारशाह दरगाह कमिटीका अध्यक्ष निजामुद्दिन मियाँले बताए । यसस्थलमा पुग्न सदरमुकाम परासीबाट २७ किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटरको यात्रा तय गर्नुपर्दछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies